काठमाडौँ, भदौ १२ : नेपालमा आयोजना हुँदै गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुकोे प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको लागि म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं उत्रिएका छन् । मिन्ट दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।
उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो । विमानस्थलबाट उत्रिए लगत्तै उनलाई सीधै कालिमाटीस्थित होटल सोल्टी लगिएको छ। त्यसक्रममा दुवैतर्फको सडक ठप्प पारिएको हो ।
उनी विमानस्थलबाट उत्रिए लगत्तै सिधै कालिमाटीस्थित होटेल सोल्टी लगिएको छ। पहिलो विशेष पाहुना मिन्टको स्वागतमा परराष्ट्र मन्त्रालयका पदाधिकारी विमानस्थल पुगेका थिए ।