प्रधानमन्त्रीलार्इ कालो झण्डा देखाउने तयारीमा रहेका नौ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 18 | 12:16 pm 1757

जनकपुर, भदौ २: प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ कालो झण्डा देखाउने तयारीमा रहेका नौ जना युवालार्इ प्रहरीले पक्राउ गरेको छ।

प्रदेश-२ सभालार्इ सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्रीलार्इ कालो झण्डा र विरोधी नारा लेखएका प्लेकार्ड देखाउने तयारीमा रहेका युवाहरुलार्इ प्रहरीले शनिबार बिहान मुरली चोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रशान्त झा, सरोज मिश्रा, जनि खान, सन्जय शाह, कमलेश यादव, आशुतोस झा, सन्देश मिश्रलगायत युवाहरु छन्। मुलुकका सातवटै प्रदेशसभालाई सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्रीले ओलीले आज प्रदेश २ मा सम्बोधन गर्न जनकपुर पुगेका हुन्। यसअघि उनले विभिन्न प्रदेश सभामा सम्बोधन गरिसकेका छन्।

गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आएका बेला जनकपुरमा केही घण्टा बिताएबाहेक ओली चार वर्षयता राजनीतिक वा सरकारी कामका लागि प्रदेश-२मा गएका थिएनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.