पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरिन सम्बन्ध विच्छेद

| 2023 Jul 26 | 01:59 pm 3461

काठमाडौं, साउन १० । पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले सम्बन्ध विच्छेद गरेकी छन्। उनले अभिनेत्री प्रियंका कार्कीको द फोर्थ ट्राइमेस्टर नामक पडकास्टमा कुराकानी गर्दै दुई वर्षअघि नै श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेको बताएकी हुन्।

उनले आफ्नो सम्बन्ध राम्रो नभएको र छोरा दुई वर्षको हुँदानै घर छाडेको बताएकी थिइन । सधैं घरमा झगडा भैरहने र बावु सानो भएपनि घर छाडेर हिडे पछि एक्लै निर्णय लिएको उनले बताइन् । उनले थपिन मेरो परिवारले मलाई सम्बन्ध विच्छेद गरेकोमा साथ दिएको थिएन तर अहिले ठिक छ। परिवार लाई सम्झाउन र समर्थन लिन पनि मलाई तीन चार वर्ष लाग्यो।

उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको र आफूले केही नलिएको पनि बताइन् । बच्चाको लागि बावुले गर्ने कर्तव्य निर्वाह गर्न मात्र भनेँ। सम्बन्ध विच्छेद गरेर पछुताउनु भन्दा पनि त्यति बेला मैले रित्तो महसुस गरेँ,ु उनले भनिन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.