ग्यास सहित कण्टेनर त्रिशूलीमा खस्यो

| 2018 Sep 04 | 04:02 pm 1719

काठमाडौं, भदौ १९: एलपी ग्यास बोकेर काठमाडौँतर्फ आउदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे त्रिशूलीमा खसेको जानकारी दिए। कण्टेनर चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

चालकको स्थानिय अस्पताल मुग्लिनमा उपचार भइरहेको बताएका छन् । खसेको कण्टेनर नदीले बगाएर जुगेडीमा ल्याई पुर्याएको प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार उक्त कण्टेनरमा अन्य व्यक्ति नरहेको बताए ।

जानकारी प्राप्त भए अनुसार कण्टेनर अनियन्त्रित भई त्रिशूलीमा नदीमा खसेको हुनसक्ने बताएका छन् । कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको जानकारी अाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.