ओली सरकारका ५ महिने यात्रामा ९२ उपलब्धी ! हेर्नुहोस् (पुर्णपाठसहित)

| 2018 Aug 13 | 05:01 pm 1635

काठमाडौं , साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज ५ महिने उपलब्धि सार्वजनिक गरेको छ । सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।

जसमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्यदेखि सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदमसम्म समावेश गरिएको छ।विकास निर्माणको ढिलासुस्ती हटाउने कद, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितब्ययीता, सार्वजनिक खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, राजदूत नियुक्तिमा मापदण्ड तर्जुमालगायतको विषयलाई ओली सरकारले उपलब्धिका रुपमा लिएका छन्।

वायु सेवा र पर्यटन पूर्वाधारमा, उल्लेखनीय परिवर्तन, नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध २३ देखि २५ चैत्र २०७४ मा भएको भारतको ३ दिने राजकीय भ्रमणका मुख्य उपलब्धिहरू र ५ देखि १० असार २०७५ मा भएको चीनको औपचारिक भ्रमणका मुख्य उपलब्धिहरूलाई समावेश गरिएको छ।

अर्थ–प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभ, सडकररेल पूर्वाधार निर्माण, तीव्र गतिमा काम पूर्वाधार विकासका शीर्षक समेटिएको छ। छोटो समयका केही नतिजा भन्दै ऊर्जामा आत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधन, शिक्षा क्षेत्रमा दूरगामी महत्त्वका, कृषिको व्यवसायिकरण, प्रशासनमा शीघ्र र सहज सेवाको प्रबन्धलगायतको दाबी गरिएको छ।

सरकारले आज सार्वजनिक गरेको ५ महिने उपलब्धिको पूर्ण पाठ हेर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.