एसियाकप छनोट : पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित

| 2018 Aug 29 | 03:34 pm 2736

काठमाडौं, भदौ १३ : मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो ।

नेपालका विरुद्ध २ सय २२ रनको लक्ष्य पछ्याएको ओमनले ४८ ओभर खेलेर लक्ष्य भेट्यायो। ओमानका लागि खवर अलिले नटआउट ८४ रन बनाए । जिसान माक्ससुड ४५ रनमा अविजित रहे । भैवव वाटेगौनकारले ४१ रन जोड्दा जतिन्दर सिंह ३० तथा अकिव इल्यासले १६ रन बनाए । नेपालका लागि पारस खड्का, सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए।

खेलको सुरुवातमा नेपालले ब्याटिङ पनि बिगारेको थियो। तर अन्तिमतिर ब्याटिङ राम्रो भएको थियो। एक–एक रनका लागि संघर्ष गरिरहेको ओमनलाई खेलको अन्तिम ओभरमा दुई छक्का र एक चौका दिएर बसन्त रेग्मीले जितको बाटो प्रशस्त गरिदिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.