काठमाडौं, भदौ ७: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति उपचारका क्रममा देशबाहिर हुँदा लामो समयदेखि बस्न नसकेको संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ। परिषद्मा सभापति देउवा पनि सदस्य छन्।
तत्कालिन प्रधानन्यायाधीस दिपकराज जोशीलार्इ संसदीय विशेष सुनुवार्इ समितिको दुर्इ तिहाइ बहुमतले प्रधानन्यायाधीसको लागि अस्वीकृत गरेपछि प्रधानन्यायाधीसका लागि अर्को नाम सिफारिस गरिने भएको छ।
प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेको जनाइएको छ।
बैठक दिउँसो ४ बजे बोलाइएको छ। आज बस्ने परिषदको बैठकमा प्रधानमन्त्री ओलीले कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रस्ताव गर्ने तयारी छ। जोशीलाई अस्वीकृत गर्दा नै आपत्ति जनाएको कांग्रेसले उनकै नाम पठाउनुपर्ने तर्क गरिरहेको छ। बरिष्ठ न्यायाधीश जोशी अहिले विदामा छन्।