१६ अंकले बढ्यो नेप्से

रिपोर्ट नेपाल | 2018 Sep 03 | 05:59 pm 1887

काठमाडौं, भदौ १८ :सोमबार शेयर बजारमा उत्साहजन सुधार देखिएको छ। नेपालस्टक एक्सचेजन्ज(नेप्से) परिसूचक १५.९८ अंकले बढेर १२सय ६.२६ पुगेको छ। कुल कारोबार पनि ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँको भएको नेपालस्टक एक्सचेन्जले जनाएको छ।

आइतबार ३० करोड २५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको थियो भने नेप्से परिसूचक ८ अंकले बढेको थियो। होटल र अन्य समूहबाहेक सबै समूहसूचकमा सुधार आएसँगै परिसूचक बढेको हो भने प्रतिकित्ता शेयर मूल्य ९०० रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार हुँदा कुल कारोबार रकम पनि उच्च भएको हो।एनआईसी एसियाको ३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०७ अंकले बढेको छ। कारोबारका क्रममा नेप्से परिसूचक करिब २३ अंकसम्मले बढेको थियो।

समूहगत परिसूचकमा सबैभन्दा धेरै निर्जीवन बिमा समूह ९६.६६ अंकले बढेको छ भने जीवन बिमा समूह ७२.४८ अंकले बढेको छ। उत्पादन मूलक समूहमा ९३.२ अंकको बृद्धि देखिएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै युनिलिभरका लगानीकर्ताले प्रतिकित्ता १४सय२७ रुपैयाँ कमाएका छन्।राष्ट्रिय विमा कम्पनीकोप्रतिकित्ता शेयर मूल्य २१० रुपैयाँले बढेको छ। लक्ष्मी बैंकको शेयर मूल्य ९ प्रतिशतले बढेको छ। ङादी ग्रप अफ पावरको शेयर मूल्य भने १२ रुपैयाँले घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.