११ दिनकी छोरी हत्या गरेको आरोपमा सुत्‍केरी आमा पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 28 | 06:56 pm 2040

गोरखा, भदौ १२ : गोरखामा न्वारन गरेकै राति बेपत्ता भएकी वालिकालाई आफ्नै आमाले मारेको खुलासा भएको छ। गोरखाको सिरान्चो गाउँपालिका २ खमारीमा गत बिहीबार न्वारन गरेका सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी हराएकी थिइन्। रश्मीले विहिबार राती शौचालय जाने निहुँ पारेर छोरीको हत्या गरेको प्रहरी अनुसन्धान पछि खुलेको हाे।

वालिका बेपत्ता भएको खबर पाए लगत्तै प्रहरीले उनका बाबु, आमा, हजुर आमा लगायत परिवारका सदस्यहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। घटनाको अनुसन्धना पछि गोरखा प्रहरीले मंगलबार उनकै आमाले मारेको पुष्टि गरेको हो। छोरीकी हत्यारा आमालाई मंगलबार गोरखा प्रहरीले सार्वजनिक समेत गरेको छ।

धेरै अनुसन्धान पछि उनले आफैँले छोरी मारेको भनेर स्वीका गरेकाे गोरखा प्रहरी कार्यालयले जनाएकाे छ ।  एसपी बीमल बस्नेतले भने ‘उनैले भने अनुसार खोज्दा बच्चीलाई घर पछाडी मुला रोपेको बारीमा खाल्डो खनेर, कपडामा बेरेर, बोरामा हालेर पातीले छोपेको भेटियो ।’

यस अघि उनै रश्मीले आफ्नी छोरी हराएको भनेर गत विहिबार राती १२ बजे नै गाउँलेलाई जानकारी गराएकी थिइन्। ‘छोरीलाई खाल्डोमा हालेर आइछ र मेरो नानी खै भन्दै सासुलाई भनेकी रहिछ’ स्थानीय सुशिला भण्डारीले भनिन् ‘घरको मुल ओच्छाउनमा बुहारी, मझेरीमा सासु सुतेका रहेछन्। १२ बजे सासु ब्यूँझिदा छोरी बोकेर बुहारी यता र उता हिँडेको देखेपछि के गरेको छोरीलाई सुताइदे भनेर सासुले कराइछन्।

त्यसपछि छोरीलाई सुताएर ममी म ट्वाइलेट गएर आउँछु भनेर गइछ। त्यै बेला खाडल खनेर आइछ र कति बेला आएर छोरीलाई लगेर पुरिछ।’ बच्चाकी आमा बाबुले अन्तरजातिय विवाह गरेका हुन् । रश्मी गुरुङकी छोरी हुन भने सबल क्षत्री हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.