सिंहदरबार प्रहरीले गर्यो होस्टलको निरीक्षण

| 2018 Aug 22 | 07:07 pm 3806

काठमाडौं, भदौ ६: गत शनिबार बिशाल प्रभातफेरी कार्यक्रम गरी जनताको घरदैलोमा पुगेर जनताको दुखेसो र सुरक्षा सम्बन्धी गुनासो सुन्ने उद्देश्यले आयोजना गरिएको टोलटोलमा प्रहरी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त सिंहदरबारले कामको थालनी सुरुवात गरेको छ ।

प्रहरी जनताको शासक नभएर सेवक भएको संचार प्रवाह गर्दै समाजका विकृति र विसंगति हटाउन सामुदायकै सहयोग लिएर अघि बढ्ने सोच अनुसार कार्यक्रमको सुरुवात गरिएको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक काजी कुमार आचार्यका अनुसार बुधबार सरोकारवाला सहित प्रहरीको टोलीले वडा नं. २९ मा संचालित होस्टलको निरीक्षण गरेको छ ।

यूवा वर्गलाई सबै किसिमको विकृतिबाट मुक्त पार्नका साथै संचालकबाट होस्टलमा सेवा सुविधाका विषयमा समेत सचेत पार्न निरीक्षण गरिएको हो ।

डिएसपी आचार्यले आफूहरु बर्दिधारी प्रहरी भएपनि बिना बर्दिका प्रहरी नागरिकको सहयोग बिना समुन्नत समाजको स्थापना गर्न नसकिने बताए । डिएसपी आचार्यले नागरिकको सहयोग र सूचनाको आधारमा विकृति र विसंगति विरुद्ध अप्रेशन चलाइनुका साथै चेतनामुलक कार्यक्रम गरीने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.