लहान नगरपालिकाको मेयरमा चौधरी र उपमेयरमा महतो निर्वाचित

| 2022 May 20 | 01:19 pm 2181

  • महेश सिंह

सिरहा, जेठ ६ः लहान नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महेश प्रसाद चौधरी र उपमेयरमा जसपाका रामचलिर महतोले विजयी भएका छन्। यस नगरपालिकामा काङ्ग्रेस, जसपा र माओवादी केन्द्रबीच गठबन्धन रहेको थियो ।

गठबन्धनकै सरकार हुने स्थानीयहरुमा पहिला देखि नै व्यापक चर्चा रहेको थियो। त्यसै कारण लहान मेयरका लागि काङ्ग्रेसका महेश प्रसाद चौधरी र जसपाका रामचलितर महतोले उपमेयर पदका लागि उम्मेदवार दिएका थिए।

गठबन्धन र नेकपा एमालेबीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो । लहानका अधिकांस ठाउँमा काङ्ग्रेस निर्वाचित भएका छन् । त्यसैगरी नेकपा एमाले, जसपा, माओवादी र एकीकृत समाजवादी पनि निर्वाचित भएका छन्। यी साझा जितले लहानमा नमुना रुप दिन्छ भन्ने जनताको जन अपेक्षा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.