राष्ट्रसंघ महासभा, केपी ओली र नेपाल

| 2018 Oct 14 | 10:16 am 3953

– नरेन्द्रबहादुर अर्याल

हरेक वर्षझैँ अंग्रेजी पात्रोको सेप्टेम्बरको तेश्रो मगलबार शुरु हुने संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर प्रधानमन्त्री खड्गप्रसाद ओली केही दिनपहिले मात्र स्वदेश फर्किनुभएको छ । छापामा आएका समाचारहरूका अनुसार उहाँले नेपालको प्रस्तुति राम्रोसँग गर्नुभएछ । श्रोत र विश्लेषकहरू भन्छन्, ‘चौथो मंगलबारदेखि शुरु हुने एकहप्ते उच्चतम बहस र तीन महिना चल्ने उच्चस्तरीय सेसनमा प्रधानमन्त्री ओलीका बुँदामाथि पनि बहस हुनेछ ।’

संयुक्त राष्ट्रसंघ महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेछन्, ‘कम्युनिस्टहरू भन्छन् तर गर्दैनन्, वास्तविक समाजवाद अमेरिकामा छ, धनीले कमाउने रकम गरिबकहाँ कसरी पुगेको छ, त्यसलाई बुझ्न अमेरिकाको अध्ययन गरे हुन्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रधानमन्त्री ओलीप्रति लक्षित थिए वा थिएनन् यो कुरा उनैले जानुन्, तर प्रधानमन्त्री ओलीलाई सायद चस्को पसेर होला आफ्नो पृष्ठभूमि बताएछन् साथै नेपालको प्रस्तुति दमदारपुर्ण तरिकाले गर्न सकेछन्, यो आफैमा एक सकारात्मक र गौरवान्वित पक्ष हो ।

प्रधानमन्त्री जति दमदार रूपले राष्ट्रसंघ महासभामा प्रस्तुत भएका छन्, त्यसको ठिक उल्टो दिशामा मुलुक गुज्रेको छ । बलात्कार र हत्या त सामान्य नै भइसक्यो । प्रधानमन्त्रीज्यु, तपाईले सोंचेजस्तो मुलुकमा बाँच्नु सरल छैन, गम्भीर छ ।

कति मिठो फुरेछ ओलीलाई ! ‘आफु कम्युनिस्ट आन्दोलनमा रहेका भए पनि लोकतन्त्रको जग बलियो बनाएर प्रतिस्पर्धाबाट आएको, बाँकी विश्वको उदाहरण भएको । आफु बुद्धको जन्मभूमि र सगरमाथाको देशको प्रतिनिधित्व गर्दै आएको, नेपाल दुई विशाल र उदाउँदा शक्तिबीच रहेकै कारण बढी संवेदनशील हुनु परेको । हाम्रो भूगोल त्यस्तै स्थानमा छ, हामी विविधतापूर्ण प्राकृतिक सौन्दर्यले पूर्ण छौं, नेपाल परापूर्वकालदेखि विश्वको आँखामा परेको, त्यसलाई अझ मूर्तरूप दिन अन्तर्रा्ष्ट्रिय समुदायसँग सहकार्य र सम्बन्ध अपरिहार्य रहेको । छिमेकसँगको सम्बन्धसँगै विश्वका अन्य मुलुकसँग पनि उत्तिकै घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्र संघीय दीगो विकास लक्ष्य हासिल गर्न निर्धारित कार्यसूची प्रस्तुत । नेपाल आफ्नै पनको विकासको पक्षमा रहेर अघि बढेको, यसमा सहयोग गर्न विश्व समुदायलाई आग्रह । कृषि, रेल, सडक, भौतिक पूर्वाधार, उद्योग, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि सरकारले योजना बनाएर अघि बढेको जानकारी । नेपालमा शान्ति स्थापना भएको, लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दै त्यसका लागि आह्वान । जलविद्युतमा अथाह लगानीका अवसर रहेको ध्यानाकर्षण । राष्ट्रसंघको पुनर्संरचनाको विषयसमेत उठान् । जलवायु परिवर्तन, भूपरिवेष्ठित मुलुकका अधिकार, श्रमिकप्रति विश्वले गर्नुपर्ने न्याय, धनी मुलुकले पिछडिएकालाई गर्नुपर्ने व्यवहारजस्ता विषयमा गहन अवधारणा ब्यक्त । अतिवाद र आतंकवाद अन्त्यका लागि मुलुक–मुलुक सहकार्यको आवश्यकता । आपसी मतभेद वार्ताबाट र गोलीको दबदबा मतबाट टुंगिने ।’

यी थिए राष्ट्रसंघ सभामा ओलीका शब्दहरू । यी शब्दलाई हरेक नागरिकले सम्मान र गौरव गर्नु पर्दछ ।

राष्ट्रसंघ महासभामा राज्यको तर्फबाट दमदार रुपमा प्रस्तुत हुन सक्ने पुर्वराजा वीरेन्द्रपछि सायद प्रधानमन्त्री ओली नै होलान् । नेपालले लोकतन्त्रमा गरेको उपलब्धिको विदेशीले खुलेर प्रशंसा गर्नु र विश्वका केही नेताहरूले आफै अग्रसर हुँदै उनलाई भेट्नु अर्को सकारात्मक र गौरवको कुरा हो ।

तर विडम्बना प्रधानमन्त्री ओली विश्व राजनीतिक मञ्चको भेटघाटमा ब्यस्त रहँदा नेपालमा उहाँकै आफ्नो दलका नेताहरूले उनको आलोचना गरे । कुनै पनि सरकारलाई प्रतिपक्षको विरोधमात्रको विरोध र सत्तापक्षबाटै गरिने असहयोग नेपालको परिपेक्ष्यमा दीर्घरोग देखिन्छ । विसं २०४८ सालको काङ्ग्रेस सरकारविरुद्ध प्रतिपक्षको कर्मचारी आन्दोलन होस् वा ०५१ सालमा सत्तापक्षबाटै गरिएको सरकार गिराउने खेल वा ०५५ सालमा कृष्णप्रसाद भट्टराईलाई गलत्याइँको घटना । यो घटनाक्रम फेरि नघट्ला भन्ने अनुमान गर्न मुश्किल छ । एवं प्रकारेण भर्खरै मात्र एक निर्वाचित जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने अनि बामदेव गौतमको हुटहुटी पूरा गर्ने योजना वा षडयन्त्र गरियो जसले राष्ट्रिय राजनीतिलाई नै तरंगित बनायो ।

नागरिकलाई करको दायरामा ल्याएर सिस्टम बसाउनु तपाईंको कदम स्वागतयोग्य छ । कर तिर्नु नागरिकको दायित्व हो र नागरिकले कर तिरेवापत सुविधा दिनु राज्यको कर्तब्य हो । साथै कर तिरेवापत राज्यबाट सुविधा पाउनु नागरिकको अधिकार हो, तर यहाँ कुरा बेग्लै भयो । कर केका लागि र कसका लागि भन्ने कुराको उल्लेख र पारदर्शिता भएन ।

प्रधानमन्त्री जति दमदार रूपले राष्ट्रसंघ महासभामा प्रस्तुत भएका छन्, त्यसको ठिक उल्टो दिशामा मुलुक गुज्रेको छ । बलात्कार र हत्या त सामान्य नै भइसक्यो । प्रधानमन्त्रीज्यु, तपाईले सोंचेजस्तो मुलुकमा बाँच्नु सरल छैन, गम्भीर छ । महँगी, कालोबजारी, कृत्रिम अभाव, बेरोजगारी, छाडातन्त्र, दण्डहीनता र कुशासन जस्ता गम्भीर सवालहरूले मुलुकलाई गाँजेका छन् । सरकारभित्रै जुवारी छ, एउटा मन्त्री र मन्त्रालयले गर्न खोजेको सुधार अर्को मन्त्री र मन्त्रालयले तुहाइदिन्छ । नेपाली हुनुमा गर्व गर्नेहरू अब नेपाली हुनुमा अभिसाप सम्झिन थालेका छन् ।

राष्ट्रिय अखण्डतालाई चुनौती दिँदै सिके राउत लगायतका विखण्डनकारी सल्बलाएका छन् । कुर्सीमा रहँदा चुप लाग्ने र कुर्सीबाट बाहिरिँदा मधेश अधिकारको निहुँमा आन्दोलन गर्ने द्धैध चरित्रका मधेशबादी दलका नेताहरू सिके राउतपथमा नलाग्लान् भन्न सकिने अवस्था छैन । स्वदेशी तथा विदेशी लगानीकर्ताहरू लगानी गर्न हिच्किचाइरहेका छन् । कृषि क्रान्ति नारामै सीमित छ । एकातिर बाजे–बराजुको हलो, कुटो र कोदालो ज्युँकात्युँ छ भने अर्कोतिर खेतीयोग्य उर्वरा भूमि घर, जग्गा र घडेरी ब्यवसायीहरूको शिकार बनेको छ । जलवायु परिवर्तनको कारण मनसुन उल्टो बनेको छ, अल्प वर्षा, खण्ड वर्षा र अति वर्षाको कारण मनसुन भर पर्न लायक छैन । मनसुन उल्टो हुन थालेपछि कृषिको लागि उपलब्ध हुनु पर्ने सिंचाइको पनि कुनै नयाँ नीति र योजनाहरू ल्याएको देखिँदैन ।

नागरिकलाई करको दायरामा ल्याएर सिस्टम बसाउनु तपाईंको कदम स्वागतयोग्य छ । कर तिर्नु नागरिकको दायित्व हो र नागरिकले कर तिरेवापत सुविधा दिनु राज्यको कर्तब्य हो । साथै कर तिरेवापत राज्यबाट सुविधा पाउनु नागरिकको अधिकार हो, तर यहाँ कुरा बेग्लै भयो । कर केका लागि र कसका लागि भन्ने कुराको उल्लेख र पारदर्शिता भएन । नागरिकको कर जुनसुकै सत्ता आए पनि र सत्ताधारीहरूको मोजमस्ती र भोजभतेरको साधन बन्यो । आफ्नो गाँस कटाएर कर तिर्ने नागरिक राज्यको नपुंशकताको पराकाष्टा भोग्न वाध्य छन् ।

भारतले लगाएको नाकाबन्दीताका नेपाली जनताकै अडानको पृष्ठभूमिको आडमा राष्ट्रियताको वकालत गरेर नथाक्नु भएका प्रधानमन्त्री भारतले रातारात जंगे पिल्लर गायव गर्दा, खुलेआम नेपाली भूमीमाथि धावा बोल्दा र नेपालीको उठीबास लगाउँदा चुँसम्म नबोल्नु जनआक्रोश र आश्चर्यको विषय बनेको छ ।

निश्चित रुपमा संक्रमणकालिन अवस्थामा कुनै रामराज्यको कल्पना त गर्न सकिएला तर संरचना गर्न सकिँदैन । मुलुक सफल र सवल त्यतिबेला मात्र बन्छ जतिबेला आमनागरिक दलिय दलदलबाट माथि उठेर सरकारको खराब कामलाई विरोध र असल कामलाई स्वागत र समर्थन गर्दछ । किनकी पहिले हामी नेपाली बन्नु सक्नु पर्दछ तबमात्र कम्युनिस्ट, काँग्रेस अनि अरु अरु । देश बनाउने जिम्मा सबै नागरिक र राजनीतिक दलको हो । जसले गरे पनि यो देश र जनताको लागि हो । राजनीतिक निकाशमात्र मुख्य कुरा हैन, आर्थिक निकाश दोस्रो आवश्यकता हो । तपाईंलाई भन्नु नै पर्दैन कि यो देश गरिबी, बेरोजगारी र कुशासनले जर्जर छ ।

भारतले लगाएको नाकाबन्दीताका नेपाली जनताकै अडानको पृष्ठभूमिको आडमा राष्ट्रियताको वकालत गरेर नथाक्नु भएका प्रधानमन्त्री भारतले रातारात जंगे पिल्लर गायव गर्दा, खुलेआम नेपाली भूमीमाथि धावा बोल्दा र नेपालीको उठीबास लगाउँदा चुँसम्म नबोल्नु जनआक्रोश र आश्चर्यको विषय बनेको छ । राष्ट्रियताको तपाईको खोक्रो नारा सत्ताको सिंढीमात्र थियो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । भारतिय बिस्तारवादको शिकार बनेका सुस्ताबासीहरूलाई भेटसम्म नदिनुले तपाईको कथित राष्ट्रियतामाथि गम्भिर प्रश्न उठाएको छ ।

प्रधानमन्त्री ज्यु, तपाई नेकपाको मात्र हैन नेपालको प्रधानमन्त्री हो । साथै दुई तिहाइ बहुमतको । तपार्इं नेकपाको मात्र हैन सबैको साझा बन्न सक्नुस् । सरलतामा जस्तो प्रेम र सद्भाव अहमतामा कहिल्यै रहँदैन । शक्ति सधै कसैको पोल्टामा हुँदैन साथै जनता कसैका पेवा हैनन् । राजनीतिक मैदानमा शक्ति भनेकै जनता हो । देश लामो समयदेखि राजनैतिक अस्थिरताको कारण अद्योन्नतीमा भएको कुरा जगजाहेर छ । स्थायी सरकार मात्र यसको निकास हैन, सबैभन्दा पहिले आधारभूत आवश्यकताहरूको सूचि बनाएर सुशासनलगायत समृद्धितर्फ अग्रसर रहनुस् । यो देशले तपाईकै कार्यकालमा निकास पाओस् र तपाईप्रति नेपालको इतिहास, राष्ट्र र नेपाली जनता ऋणी रहुन् । माता दुर्गा भवानीले तपाईंलाई शक्ति प्रदान गरुन्, म एक नागरिकको तपाईलाई शुभकामना !

[email protected]

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.