–बिनाेद के.सी
दाउरै दाउराको खातमा पातलो पिताम्बरले छोपेर जलाएको देख्दा।
हरियो बासले ठोसी ठोसी त्यो लासलाई चलाएको देख्दा।
धरो धर्म मेरो हातका औंला कामेकै छैन यी तितो सत्य शब्दहरु लेख्दा।
प्याट प्याट चप्पल बजायर लखर लखर हिड्नेहरु ।
अगाडी पछाडी सुरक्षागार्ड राखेर साईरन बजाएर हिडेको देख्दा ।
एउटा कोठाको भाडा समेत तिर्न नसकेर रात्तिनै उठेर भाग्नेहरुले ।
करोडौं करोडको महल ठड्यायको देख्दा ।
इस्टोभमा मट्टीतेल सक्कियर दम दिँदा दिँदा नबलेपछि आदि काँचो भात छोडेर भोकै सुत्नेहरु ।
महङ्गो महङ्गो स्टार होटलमा चौरासी व्यञ्जन खाएको देख्दा ।
एउटा गुन्द्रीको भरमा थाङ्नो ओढेर सुत्नेहरु।
लाखौं लाख पर्ने पलङमा सुतेको देख्दा।
दुई लोटा चिसो पानीले जिउ छर्केर नुहाउनेहरु ।
टप वाथमा भित्र सुतेर तातो पानीले नुहाएको देख्दा ।
बारीको पाटामा शौच गरेर माटाका डल्ला वा पतिंगरले पुछ्नेहरु ।
महङ्गो महङ्गो कमटमा शौच गरेर ट्वाइलेट पेपरले पुछ्नेहरु देख्दा।
टेलिफोनको घण्टी बजेको सुनेर भाग्नेहरु ।
लाखौं लाख पर्ने मोबाइल बेकेर हिडेको देख्दा।
हरेक सरकारी वा गैरसरकारी कार्यालयहरुमा जादा ।
बोल्दै नबोली मुन्टो बटार्ने कर्मचारीहरु देख्दा।
धरो धर्म मेरो हातको औंला अगाडीनै बढ्दैन ।
यिनिहरुलाई मात्र तीनवटा शब्द छोटकरीमा RIP लेख्दा।