काठमाडौं, भदौ १६: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आएका भुटानका अन्तरिम सरकार प्रमुख ल्योन्पो छिरिङ वाङचुक स्वदेश प्रस्थान गरेका छन्।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश वाङचुक शुक्रबार बिमस्टेक सम्मेलन सकिएसँगै शनिबार बिहान स्वदेश फिर्ता भएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाई गरेका हुन्।
भुटानका विशिष्ट अतिथि वाङचुक गत बुधबार बिम्स्टेक सम्मेलनमा भाग लिन काठमाडौँ आएका थिए।