काठमाडौं, भदौ १४: राजधानीमा आजदेखि शुरु हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा काठमाडौं आएका सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख शितल निवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको विशेष दिवाभोजमा सहभागी हुन सबै राष्ट्रप्रमुखहरु राष्ट्रपति निवास पुगेका हुन्। दिवाभोजमा सबै देशका विदेशमन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरु पनि सहभागी हुने श्रोतले जनाएको छ।
दिवाभोज सकिएपछि आज दिउँसो तीन बजे सोल्टी होटलमा आयोजना हुने मिमस्टेकको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। विमस्टेकको उद्घाटन अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेट भाषण गर्नेसमेत जनाइएको छ।
सबै राष्ट्र प्रमुखलार्इ काठमाडौँमा अवतरण गरेको सन्दर्भमा उनीहरूलाई ट्वीटमार्फत प्रधानमन्त्री ओलीले स्वागत गरेका हुन्।
प्रधानमन्त्री ओलीले यसअघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ।