बिभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ 

| 2022 Jan 17 | 08:47 pm 797

सर्लाही, माघ ३ः जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम सोही जिल्लाको लालबन्दी नगरपालिका २ नवलपुर बस्ने १९ वर्षीय मोहमद शम्सेर मन्सुरी रहेका छन् ।भारतबाट नेपालतर्फ आउँदै गरेका निज मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा कोडीवील ११ बोतल, स्पास्मो १३ वटा र प्रोक्सिभन १३ वटा फेला पारेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले साेमबार एभिल १३ एम्पुल तथा ९ एम्पुल डाईजिल्यापसहित मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ हुलास चोकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपनगरपालिका ४ बस्ने २२ वर्षीय बिपिन क्षेत्री रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज क्षेत्रीलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो । सशस्त्र प्रहरीले पक्राउलाई परेका क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट माघ २ गते सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षीय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षीय मोहमद मुजाहिद रेजा रहेका छन् ।

बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो । त्यसवेला एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको छ । पक्राउ परेका दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.