फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य

रिपोर्ट नेपाल | 2022 Mar 17 | 12:08 am 1269

काठमाडौं, चैत २ः नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो बढाएको छ ।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।

हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँर्गै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।

खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.