काठमाडौं, साउन २४ : यदि तपार्इंको नोट (पैसा)मा केरमेट गर्ने बानी छ भने अब पूर्ण रूपमा छाडिदिनुहोस् अन्यथा तपार्इंलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ ।
मुलुकी ऐनको मुद्रासम्बन्धी कसुरले नोट वा सिक्का गाल्ने, जलाउने वा केरमेट गर्नेलाई कैद र जरिवानाको व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै नोट केरमेट गर्नेलाई मुलुकी ऐनअनुसार कारबाही हुने बताए छ ।
‘सफा नोट नीति’लाई प्रभावकारी कार्यान्वयन गर्ने भन्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचनामार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नोट तथा सिक्कामा केरमेट नगर्न आग्रह गरेको छ ।
