नियम विपरित कर उठाउँदै स्थानीय सरकार

रिपोर्ट नेपाल | 2018 Sep 05 | 01:12 pm 1741

  • तिलाचन पाण्डे

गुल्मी, भदौ २० : प्रदेश ५ सरकारको नीति नियम विपरित गुल्मीका स्थानीय सरकारकारले आफुखुसी कर उठाइरहेको छ । प्रदेश ५ सरकारले प्रदेशका कुनै पनि स्थानहरुमा सवारी कर नउठाउने निर्देशन दिए पनि गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकाले आफू खुसी कर उठाउदै आएका खुलासा भएको हो ।

गाउँपालिकाले बस, ट्रकबाट १०० रुपैयाँ , मिनिबस, मिनि ट्रकबाट ८० रुपैयाँ , ट्रयाक्टरबाट ७५ रुपैयाँ , जीप कार भेनबाट ५० रुपैया र डोजरबाट एक हजार ५०० सम्म कर उठाउदै आएको छ । सवारी धनीहरुले पटक पटक सम्म यो कानुन सम्मत छैन किन कर उठाउने भन्दै प्रश्न गर्दा समेत गाउँपालिकाले अटेर गरि कर उठाउदै आएको सवारी धनी र चालकहरुले गुनासो गर्दै आएका थिए ।

गुल्मीदरबार गाउँपालिकाका सुचना अधिकारी शुरेस खनालका अनुसार शुल्क उठाएको स्विाकार गर्दै त्यो कर नभई पुर्वाधार उपभोग शुल्क भएकाले यसलाई अन्यथा नलिन आग्रह गरेका छन् ।

गाउँपालिकाले आन्तरिक आम्दामीमा बृद्धि गर्नुपर्ने र प्रदेशको कानुनलाई समेत मध्यनजर राख्दै सडक उपभोग गरेबापतको शुल्क लिईएको खनालले दाबी गरे ।

गाउँपालिकाका घुम्ती चारपाला खरज्याङ सडकखण्ड , बिरवास बाख्रे सडकखण्ड र गौडाकोट जुभुङ सडक खण्डकालागि बोलपत्र आब्हानको सूचना प्रकाशन गरेपनि नियम अनुसार तीन जनाको बोलपत्र नपरेकाले पुन बोलपत्र आब्हानको सूचना प्रकासन गर्ने तयारीमा रहेको उनले बताए ।

प्रदेश ५ का मुख्य मन्त्रीका प्रेस सल्लाहाका शेर बहादुर केशीले भने प्रदेशको निर्देशनलाई अवहेलना गरेको बताए । उनले प्रदेश ५ मा कुनै पनि स्थानहरुमा कर नउठाउनु भन्दै प्रदेशले सबै स्थानीय तहहरुलाई निर्देशन दिएको समयमा पनि त्यसलाई पालना नगर्दै आफूखुसी बोलपत्र आब्हानको सूचना प्रकासन गरेको भन्दै प्रदेशको निर्देशन पालना गर्न आग्रह गरे ।

उनले जिल्लाको ढुङगा गिटी बालुवा निकासी सम्बन्धी र दररेट सम्बन्धी कार्यविधि पनि बनी नसकेकाले यस सम्बन्धी कुनै पनि कार्यहरु नगर्न र नगराउन प्रदेश ५ अन्र्तगतका स्थानीय तहहरुलाई आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.