काठमाडौं, भदौ १७ : भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव आइतबार खोलिएको छ। प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ।
आर्थिक प्रस्तावमा जिआइइटिसी–रमन सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी रहेको छ । अब धरहरा निर्माणको ठेक्का उसैले पाउनेछ । धरहरा पुनर्निर्माणका लागि ७ कम्पनीले आवेदन दिएकोमा आशिष कन्ट्रक्सन प्राविधिक मुल्याकंनबाटै बाहिरिएको थियो ।
यो कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ। धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरी ६ निर्माण कम्पनीले आवेदन दिएका थिए।
धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए ।
मानन्धरले आशयपत्रका लािग सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने बताए । प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि बैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो । यसअघि धरहरा पुनर्निर्माण गर्ने जिम्मा नेपाल टेलिकमले लिएको थियो । तर डिजाइन टुंग्याउन नसकेपछि प्राधिकरण आँफैले निर्माण गर्ने निर्णय गरेको थियो ।