- #टिकटकेको_पिडा
रन्थनिदैछन केहि टिकटकमा झुम्न नपाउँदा।
भाउन्निदैछन आफ्नो कलामा झुम्न नपाउँदा।।
बेथिति बिसङ्गतिको परिणाम बन्द भैसक्यो।
दु:खी होलान निबस्त्र खोलेर झुम्न नपाउँदा।।
परिवारसँगै हेर्न नसकिने लाजमर्दो जिनिस।
डिप्रेसनमा जालान बेतुकमा झुम्न नपाउँदा।।
काम छैन समय ज्यादा भएसी काट्न गार्हो।
राज्यको बिरुद्द जाईलाग्छन झुम्न नपाउँदा।।
बन्द गर्नुपर्छ छाडा मच्चाउने अन्य सबैलाई।
डाँको छोडि रोईदिन्छन मस्त झुम्न नपाउँदा।।
समाज परिवार भताभुङ्ग बनायो टिकटकले।
नारा जुलुसआउला सडकमा झुम्न नपाउँदा।।
कला देखाउने भन्दै नाङ्गिन समेत तयार हुने।
झोक्किएलान बिगतमा जस्तै झुम्न नपाउँदा।।
समय बिताउने साधन पाईएन भन्दै रुष्ट छन।
खेदो खन्दैछन राति लाईभमा झुम्न नपाउँदा।।
सुवास बाेहाेरा