एसियाड : १६ वर्षीय युकेश गुरुङ नेपाललार्इ पदकविहीन हुनबाट जोगायो

| 2018 Aug 29 | 03:51 pm 2113

काठमाडौं, भदौ १३ : इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो ।

पालले जापानी टोलीसँग झिनो अन्तरको हार भोग्न बाध्य भयो । जापानले नेपाल भन्दा केबल २७ अंक धेरै बटुल्दै स्वर्ण पदक जित्न सफल भयो । पाँचौ राउन्डको खेल सकिदा नेपालले ११ हजार ३ सय ६४ जोडेको छ । पहिलो स्थानमा रहेको जापानले ११ हजार ३ सय ९१ अंक जोड्यो ।

नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भएको हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा नेपालका लागि तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक दिलाएकी थिइन् ।

क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन् । नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र करातेबाट गरी २३ पदक जित्न सफल भएको थियो ।

पोखरा महानगरपालिका-१८ का १६ वर्षीय युकेशले यसै वर्ष एसईई पास गरेका हुन् । उनले नौ वर्षदेखि प्याराग्लाइडिङ गर्दै आएका थिए । नौ वर्षको उमेरमा उनले घरबाट भागेर प्याराग्लाइडिङ गर्न थालेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.