काठमाडौं, भदौ १८ : सरकारले एशीयाली खेलकुदमा रजत पदक बिजेता प्याराग्लाइडिङका खेलाडीहरुलाई पाँच लाख रुपैयाँ नगरसहित सम्मान गरेको छ ।
सरकारले इन्डोनेशियाको जाकार्तामा आयोजित एशीयाली खेलकुद अन्तरगत प्याराग्लाईडिङमा रजत पदक बिजेता नेपाली टोलीका कप्तान विमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापालाई जनही ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
त्यसक्रममा रजत पदक बिजेता खेडालीहरुलाई राष्ट्रिय खेलकुद परिषदको आहृवानमा सोमबार काठमाडौंमा नगर परिक्रमासमेत गरिएको थियो । त्यसपछि राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले रजत पदक बिजेता खेलाडीहरुलाई ५ लाख नगदसहित सम्मान गरे ।