काठमाडौं, बैशाख २८ः राजस्व अनुसन्धान विभागको टोलीले बुधबार स्यम्भुको दुई ट्रान्सपोर्टमा छापा मारी झण्डै करोड मुल्य बराबरको लत्ता कपडा बरामद गरेको छ ।
रिपोर्ट नेपाल डटकमले पटक पटक भन्सार छलीका सामान भित्रिएको समाचार प्रकाशन गरेपछि राजस्व अनुसन्धान विभागको चिर निद्रा खेलेको हो ।
विशेष सुराकीको आधारमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा सुरक्षाकर्मी सहितको टोलीले स्वयम्भुमा रहेको कालिका ट्रानसपोर्ट र जय दुर्गा माँ ट्रन्सपोर्टको गोदाममा छापा हान्दा ९० पोका लत्ता कपडा बरामद भएको हो ।
बा ९ च ३७५६, बा १६ च ४३६, बा ९च २६५४, बा ९ च ३७५६ र बा ७ च ५१७४ को पिकअप भ्यानमा उक्त सामान ल्याइएको थियो ।
पूर्वबाट पश्चिम तिर लाइन मिलाएर तस्करी गर्ने रुन्चे भन्ने मदन गुप्ता, रामेश्वर तिवारी, राजु थापा, मनोज गुप्ता सामान छुटाउन शक्ति केन्द्र धाउन लागेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ल मार्फत लाइन मिलाएको कुरा मदन गुप्ताले अन्य तस्करलाई बताउँदै आएका थिए ।
बुधबार साँझ छापा हानिएका गोदाममा अझै अन्दाजी २५ पोका लत्ता कपडा बाँकी छन् । यस विषयमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा सँग सम्पर्क गर्दा सामानको बिल भरपाई जाँच भइरहेको जनाए ।