सम्पूर्ण विकृतिको जडपात्र

| 2023 Dec 06 | 05:42 pm 741


कास्मिरका राजा हरि सिंहको झैँ नेपालका राजा त्रिभुवनको हस्ताक्षर चल्नसक्ने सम्भावनालाई दृष्टिगत गरी मोहन शमशेरले रातारात ज्ञानेन्द्रलाई राजा घोषित गरेर प्रमाणका निम्ति सिक्कासमेत जारी नगरेका भए दिल्लीसम्झौता प्रजातन्त्रका नाममा होइन राष्ट्रियताकै नाममा हुनसक्थ्यो भन्ने बुझ्न नेपालीलाई अझै समय लाग्न सक्छ ।
✍ देवप्रकाश त्रिपाठी

एउटै ब्यक्ति संसार बदल्न पर्याप्त हुन्छन्, यद्यपि संसार बदल्ने ब्यक्तिको सङ्ख्या आज पनि हातका औंलामा गन्न सकिन्छ । सकारात्मक परिवर्तन ल्याउन एउटा योग्य ब्यक्ति पर्याप्त हुन सक्छन् र, बर्बाद गर्न पनि एउटै ब्यक्ति यथेष्ट हुन्छन् ! आजको समृद्ध चीन देङ सियाओ पिङ एक्लैको समर्पण र योगदानको परिणाम हो, अर्को छिमेकी मित्रराष्ट्र भारत पनि बदलिँदै छ र, त्यहाँ एउटै ब्यक्ति नरेन्द्र मोदीको सार्थक प्रयासले परिणाम हाशील गरिरहेको छ । भ्रष्टिकरणको खतरा बढ्न थालेका बेला एउटै सी जिन पिङ चीनलाई ट्र्याकमा राख्ने प्रमुख कारण बनेका छन् । लेनिनको चातुर्य सोभियत क्रान्तिको निर्णायक कारण बनेको थियो भने एउटा ब्यक्ति रासपुटिन विश्वसम्राट जारशाही अन्त्यको मुख्य कारण बनेका थिए । पार्क चुङ हीको एकल प्रयासमा दक्षिण कोरियाले आफ्नो रूप बदलेको हामी सबैलाई थाहा छ, एउटा ब्यक्ति ली क्वान यु र महाथीर मोहम्मद आ-आफ्नो देश (सिङ्गापुर र मलेशिया) बनाउन कसरी सफल भए त्यसको तथ्य विश्वइतिहासमा अङ्कित छ । र, एउटै ब्यक्तिका कारण देश बर्बाद भएका पनि अनेक दृष्टान्त छन् । रोबर्ट मुगाबे एक्लै जिम्बाबेको बर्बादीका कारण बनेका हुन्, युगाण्डाको बर्बादीमा एक्लो इदी अमिनको हात थियो । एक्लै मिखाइल गोर्बाचोभ सोभियत सङ्घ जस्तो शक्तिशाली देश विघटनको कारण बनेका थिए र, युक्रेनले यो समयमा जुन नियति भोग्दैछ त्यो पनि त्यही एउटा उरण्ठेउलो केटो जिलेन्स्कीकै अल्पबुद्धि, चरम महत्वाकाङ्क्षा र अपरिपक्वताका कारणबाट हो भन्नुपर्ने सहस्र प्रमाण छन् ।

जवाहरलाल नेहरू र जिन्नाको ब्यक्तिगत महत्वाकाङ्क्षाका कारण भारत टुक्रिएर अन्ततः तीन मुलुक (पाकिस्तान, बङ्लादेश र भारत) बनेको यही शताब्दीभित्रै हो । एउटा ब्यक्ति मोहम्मद सरदार दाउदको महत्वाकाङ्क्षाको परिणामका रूपमा अफगानिस्तानले झण्डै आधा शताब्दीदेखि सास्ती ब्यहोर्दैछ । एउटै बिस्मार्क आजको जर्मनीको सानको उद्गम हुन् भने एक्लो नेपोलियन वर्तमान फ्रान्सका निर्माता हुन् । एउटा ब्यक्ति (पृथ्वीनारायण शाह)को इच्छा, योजना र प्रणको परिणाम आजको नेपाल हो र, दश वर्षमात्र समय पाउँदा एउटा ब्यक्तिले कतिसम्म गर्न सक्छन् भन्ने नेपाली इतिहासमा पुष्टि गर्ने एकमात्र राजा महेन्द्र नै हुन् । त्यसो त जङ्गबहादुर राणा र देवशमशेरले आफ्नो समयमा पुऱ्याएको राष्ट्रिय योगदानलाई पनि भुल्न सकिँदैन । र, एउटै ब्यक्तिको चरम महत्वाकाङ्क्षाको परिणामका रूपमा नेपालले वर्तमानमा बर्बादी ब्यहोरिरहेको महसूस हामीले गरिरहेका छौँ ।

इन्दिराले गिरिजालाई प्रयोग गरेर भीषण षड्यन्त्र गर्दै गरेको चाल पाएपछि बीपीले बलजफ्ती गिरिजालाई लिएर २०३३ सालमा नेपाल फर्किएका थिए । यिनै गिरिजाले बीपीको अवसानपश्चात् सत्ताको निम्ति राजासँग गुप्त सम्झौता गर्ने अग्रसरता लिएका थिए भने आफ्नो सत्ता राजाका कारण सङ्कटमा परेपछि माओवादी नामको गम्भीर रहस्यमयी जत्थासँग खुसुक्क सम्झौता गरेर देशलाई आजको सङ्कटग्रस्त अवस्थामा पुऱ्याउने काम पनि यिनैले गरेका हुन् ।

नेपालको इतिहासकै सन्दर्भ केलाउने हो भने प्रताप सिंह जस्ता कमजोर, रणबहादुर जस्ता सन्काहा, राजेन्द्र र वीरेन्द्र जस्ता पत्नीदास, पृथ्वी वीरविक्रम जस्ता आवारा, सुरेन्द्रजस्ता विक्षिप्त, त्रिभुवन जस्ता लम्पट, ज्ञानेन्द्रजस्ता जडसूत्रवादी राजा नभइदिएका भए मुलुकले कस्तो दिशा र गति लिने थियो होला भन्ने जिज्ञासा हामी सबै नेपालीमा रहने नै भयो । भीमसेन थापाको अति महत्वाकाङ्क्षाले पनि नेपालको इतिहास बाङ्गिएको हो र, जङ्गबहादुर राणाको एक्लो प्रयासले नेपालको अस्थीर राजनीतिलाई स्थीरता दिएको यथार्थलाई पनि अस्वीकार गर्नु वान्छनीय नहोला । राजामा निहित अधिकार आफूमा सीमित गर्ने र विरोधी तथा असहमतहरूलाई भौतिक रूपमै समाप्त गर्ने कार्य भीमसेन थापाले सुरु नगरेको भए नेपाली राजनीतिमा जङ्बहादुरको उदय हुने पृष्ठभूमि बन्थ्यो या बन्दैनथ्यो भन्ने प्रश्नमा छलफल गर्न सकिन्छ ।

राजा त्रिभुवन लुसुक्क भारततिर भागेपछि तिनले दिल्लीमा गर्नसक्ने अवान्छित सम्झौताको वैधतालाई रोक्न एक्ला मोहन शमशेरले बुद्धि नपुऱ्याएको भए नेपालको अस्तित्व विसर्जन हुन सम्भव थियो भन्ने धेरैको जानकारीमा नहुन सक्छ । कास्मिरका राजा हरि सिंहको झैँ नेपालका राजा त्रिभुवनको हस्ताक्षर चल्नसक्ने सम्भावनालाई दृष्टिगत गरी मोहन शमशेरले रातारात ज्ञानेन्द्रलाई राजा घोषित गरेर प्रमाणका निम्ति सिक्कासमेत जारी नगरेका भए दिल्लीसम्झौता प्रजातन्त्रका नाममा होइन राष्ट्रियताकै नाममा हुनसक्थ्यो भन्ने बुझ्न नेपालीलाई अझै समय लाग्न सक्छ ।

नेपालीले आफ्नै नेतृत्वमा देश रचेको र सञ्चालन पनि आफैले गर्दै आएको हो । तत्कालीन बृटीष-भारत र चीन-तिब्बतसँग पटक-पटक युद्ध लडेर जितेको पनि आफ्नै क्षमतामा हो, तर त्रिभुवन समेत भएर दिल्लीमा भएको सम्झौतापश्चात् नेपालको मन्त्रिपरिषदमा सिधै विदेशी प्रतिनिधित्व हुने ब्यवस्था गरिनुले मोहन शमशेरको एक्लो प्रयास नेपालको अस्तित्व जोगाउन सफल रहेको मान्न सकिन्छ ।

नेपालको इतिहासकै सन्दर्भ केलाउने हो भने प्रताप सिंह जस्ता कमजोर, रणबहादुर जस्ता सन्काहा, राजेन्द्र र वीरेन्द्र जस्ता पत्नीदास, पृथ्वी वीरविक्रम जस्ता आवारा, सुरेन्द्रजस्ता विक्षिप्त, त्रिभुवन जस्ता लम्पट, ज्ञानेन्द्रजस्ता जडसूत्रवादी राजा नभइदिएका भए मुलुकले कस्तो दिशा र गति लिने थियो होला भन्ने जिज्ञासा हामी सबै नेपालीमा रहने नै भयो ।

बीपी कोइराला प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीप्रति प्रतिबद्ध थिए, जबसम्म उनले प्रजातन्त्र मात्रलाई केन्द्रबिन्दुमा राखेका थिए तबसम्म बीपीबाट गल्ती हुँदै आएको देखिन्छ । जब बीपीले प्रजातन्त्र सङ्गै राष्ट्रियतालाई पनि हृदयङ्गम गर्न थाले त्यसपछि बीपीबाट हुने गल्तीमा न्यूनता आयो । सिक्किम बिलयपश्चात नेपाली राष्ट्रियताको चिन्ताले बीपी राष्ट्रिय मेलमिलापको नारासहित नेपाल फर्कन लाग्दा भारतमा उनले ब्यहोर्नुपरेको एउटा घटनाले पनि राजनीतिमा ब्यक्तिको भूमिकाले कति निर्णायक प्रभाव पार्नसक्छ भन्ने स्पष्ट गर्दछ । बीपी नेपाल फर्कन लागेको सूचना इन्दिरा गान्धीले पाएपछि उनले बीपीलाई आफ्नो च्याम्बरमा आमन्त्रण गरेर नेपाल नजान आग्रह गर्दै प्रजातन्त्रसहित नेपाल जाँदा मात्र राम्रो हुने सुझाव दिएकी थिइन् । इन्दिराको भनाइ थियो– ‘तपाईं नेपालको रक्षा र परराष्ट्र मामिला भारतले हेर्ने प्रस्तावमा सहमत भइदिनुहोस्, चार दिनमै पञ्चायत ढालेर प्रजातन्त्र स्थापना गरिदिनेछौँ ।’ इन्दिराको यस्तो प्रस्ताव सुन्नेबित्तिकै बीपी बसेको सोफाबाट जुरुक्कै उठे र बाहिर निस्कँदै जवाफ दिए- ‘बरु राजाकै हातबाट मरौँला, जेल यातना भोगौँला, तर तपाईंको प्रस्तावमा सहमत हुन सकिँदैन ।’

यसरी बीपीले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि इन्दिराले सोही प्रस्ताव गिरिजाप्रसाद कोइरालालाई सुटुक्क बोलाएर राखेकोमा गिरिजाप्रसादले खुशीसाथ स्वीकार गरेका थिए । इन्दिराले गिरिजालाई प्रयोग गरेर भीषण षड्यन्त्र गर्दै गरेको चाल पाएपछि बीपीले बलजफ्ती गिरिजालाई लिएर २०३३ सालमा नेपाल फर्किएका थिए । यिनै गिरिजाले बीपीको अवसानपश्चात् सत्ताको निम्ति राजासँग गुप्त सम्झौता गर्ने अग्रसरता लिएका थिए भने आफ्नो सत्ता राजाका कारण सङ्कटमा परेपछि माओवादी नामको गम्भीर रहस्यमयी जत्थासँग खुसुक्क सम्झौता गरेर देशलाई आजको सङ्कटग्रस्त अवस्थामा पुऱ्याउने काम पनि यिनैले गरेका हुन् ।

दानवको कित्तामा उभिएर विध्वसङ्सक गतिविधि गर्नुलाई स्वभाविक मानिन्छ, तर गिरिजा मानव कित्तामा उभिएर दानवी भूमिका निर्वाह गर्ने धुन्धुकारी पात्र परेछन्, उनकै निजी महत्वाकाङ्क्षा, कुण्ठा र सत्ताकेन्द्रीत ब्यवहारले देशलाई सङ्कटको यस्तो भुमरीमा पारेको देखिन्छ । गिरिजापछिका सबैभन्दा खतरनाक पात्रहरू काङ्ग्रेसभित्र र बाहिर अहिले पनि छन्, मौका पाएपछि तिनले पनि आफ्नो औकात देखाउने नै होलान् ! यतिबेला मौका पाएर आफ्नो खतरनाक रवैया देखाउने कार्य प्रचण्डबाट भइरहेको छ । प्रजातन्त्र स्थापनापछि नेपालमा नातावाद, कृपावाद, सर्वसत्तावाद र भ्रष्टाचारको उग्र थालनी गिरिजाप्रसादबाट भएको थियो, त्यसलाई उत्कर्षमा पुऱ्याउने कार्य प्रचण्डबाट भइरहेको छ । मुलुकमा यतिबेला चरम निराशाको स्थिति पैदा हुनुमा धेरै-थोरै सबै राजनीतिकर्मी र कर्मचारीहरूको भूमिका भएपनि मुख्य र अवर्णनीय भूमिका निर्वाह गर्नेमा चाहिँ प्रचण्ड नै देखिए । प्रचण्डहरूका कारण देशको धर्म/संस्कृति सङ्कटमा पऱ्यो, परिरहेको छ । जातीय एकता र सामाजिक सद्भाव बिथोलियो, अखण्डित सार्वभौमिकता खण्डित तुल्याइयो । अराजकता र अनुशासनहीनताले समाज र राज्यलाई गिरफ्तार गरेको छ र, राज्यशक्तिलाई प्रयोग गरेर भ्रष्टाचार गरी धन आर्जन गर्ने काला कर्म पनि उनकै नेतृत्वमा सम्पन्न हुँदैछन् ।

कम्युनिष्टहरू इमानदार हुन्छन् भन्ने भनाइलाई प्रचण्डले शत्प्रतिशत गलत भएको प्रमाणित गरिदिएका छन् । कम्युनिष्टहरू देशभक्त र साधारण जीवन बाँच्ने स्वभाव/चरित्रका हुन्छन् भन्ने विश्वासको पनि प्रचण्डले व्यवहारतः खण्डन गरिदिएका छन् । त्यसैगरी उनले कम्युनिष्टहरू भ्रष्ट आचरणका, सत्तालम्पट, झुठा, सुविधाभोगी र धोखेबाज हुन्छन् भन्ने कुराको पुष्टि पनि गरिदिएका छन् ।

विदेशीको आडमा प्रजातान्त्रिक प्रणालीविरूद्ध हिंसात्मक सङ्घर्ष रच्ने प्रचण्ड-बाबुरामको राष्ट्रिय अपराध उनीहरूको मृत्युपश्चात पनि क्षमा दिने स्तरको ठानिन्न । भ्रष्टाचारलाई प्रोत्साहन र भ्रष्टाचारीलाई संरक्षण गर्ने, स्वदेशको पूँजी पलायन गर्ने-गराइ मुलुकलाई आर्थिक रूपले टाट पल्टाउने, नातेदार तथा परिवारका सदस्यलाई राज्य दोहनको सम्पूर्ण अवसर दिलाउने, वैदेशिक हस्तक्षेपलाई प्रोत्साहन दिने, समाजमा त्रास र निराशा बढाउने, अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा र विश्वसनियता ध्वङ्श तुल्याउने, युवाशक्तिलाई पलायन हुन बाध्य तुल्याउने र परधर्मीहरूलाई प्रोत्साहित गरी स्वधर्मीहरूको मानमर्दन गराउनेलगायतका कर्ममा प्रचण्डको नेतृत्वदायी भूमिका रहेको सबै नेपालीले महसूस गरेका छन् ।

प्रचण्ड-बाबुराम छुट्टाछुट्टै शरीरमा एउटै प्रवृत्ति हुन्, एउटै व्यक्ति कम्युनिष्ट आन्दोलनको बदनाम गर्न पर्याप्त भएको दृष्टान्त पनि यिनै हुन् । कम्युनिष्टहरू इमानदार हुन्छन् भन्ने भनाइलाई प्रचण्डले शत्प्रतिशत गलत भएको प्रमाणित गरिदिएका छन् । कम्युनिष्टहरू देशभक्त र साधारण जीवन बाँच्ने स्वभाव/चरित्रका हुन्छन् भन्ने विश्वासको पनि प्रचण्डले व्यवहारतः खण्डन गरिदिएका छन् । त्यसैगरी उनले कम्युनिष्टहरू भ्रष्ट आचरणका, सत्तालम्पट, झुठा, सुविधाभोगी र धोखेबाज हुन्छन् भन्ने कुराको पुष्टि पनि गरिदिएका छन् ।

देशमा देखापरेको असैह्य विकार र विकृतिको प्रमुख जडपात्र प्रचण्ड नै भएको पुष्टि भइरहँदा अन्य नेताहरू चाहिँ पानीमाथि ओभानो छन् भन्ने होइन । नेपालको इतिहासमै प्रचण्ड र उनको परिवारले कुकर्मको रेकर्ड कायम गरेका मात्र हुन् । उनले यसअघिका सबै विकारीहरूलाई उछिनेका छन् भने उनकै पुत्रीले भ्रष्टाचारको संसारमा बर्चस्व राख्दै आएका सबै महिलाहरूमाथि विजय प्राप्त गनसङ्केत दिएकी छिन् ।

संविधानमा उल्लिखित केही प्रावधानहरू नै मुलुकमा अस्थिरता, अराजकता, अनेकता र गरिबी बढाउन पर्याप्त छन्, त्यसमाथि प्रचण्डहरूको ज्यादतीले मुलुकमा वास्तविक जनक्रान्तिको आधारभूमि खडा गरिरहेको दर्शाउँदै छ । यसले एउटा ब्यक्ति खराब हुँदा मुलुकले कुन हदसम्मको सास्ती ब्यहोर्नुपर्ने हुनसक्छ भन्ने छर्लङ्ग पारिदिएको छ । अबको क्रान्तिमा विदेशी इच्छा र योजनालाई सचेततापूर्वक निस्तेज पार्न सकिएन भने देशको अस्तित्वमाथि नै महासङ्कट आइलाग्ने सम्भावनाप्रति सम्पूर्ण नेपालीजन होशियार रहनुपर्ने हुन्छ । जय मातृभूमि !

( घटना र बिचारबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.