वन्यजन्तुको दाह्रा र नङ्ग्रा खरिद बिक्री तथा ओसारपसार गर्ने पाँच पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 15 | 06:43 pm 2977

काठमाडौं, साउन ३० : संरक्षित वन्यजन्तुको दाह्रा र नङ्ग्रा (आखेटोपहार) खरिद बिक्री तथा ओसारपसार गर्ने पाँच जना पक्राउ परेका छन् । मंगलबार केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. -३२ गैह्रीगाँउ तिनकुनेबाट उनीहरुलार्इ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका वडा नं.- ९ का २३ वर्षीय महेश राई, २३ वर्षीय मिलन सुबेदी, १९ वर्षीय विज्ञान भनेर चिनिने प्रतिरोध सुबेदी, सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं.- ९ का २३ वर्षीय पूर्ण बहादुर तामाङ र मोरङ काने पोखरी गाउँपालिका वडा नं.- २ का ३९ वर्षीय श्रवण चौधरी रहेका छन् ।

उनीहरूको साथबाट संरक्षित वन्यजन्तुको दाह्रा ३६ थान र नङ्ग्रा ६ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय काठमाण्डौमा बुझाइसकेकाे र उनीहरूमाथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.