लागूऔषध कारोवारी पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 09 | 06:31 pm 1826

काठमाडौं, साउन २४: काठमाडौं महानगरपालिका २२ सुन्धाराबाट बारा अमृतगंज ८ घर भएका ४३ वर्षीय दवेन्द्र प्रसादलाई नियन्त्रित लागूऔषध डाईजेपाम लोरी २ सय ४१ एम्पुल, बुप्रेनोर्फिन लुपिजेसिक २ सय ४१ एम्पुल र फेनारगन २ सय ४१ एम्पुल सहित लागूऔषध नियन्त्रण व्यूरो काटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

यसैगरी रौतहट यमुनामाई गाउँपालिका ५बस्ने जगनी देबी बैठालाई लागूऔषध गाँजा १२ किलो ९ सय ग्राम, चरेश १ किलो र भारतीय विभिन्न दरका नोट तथा सिक्का समेत गरी ६ हजार ३ सय ५७ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बैठाको घर तथा घर अगाडि संचालन गरेको किराना पसल जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध बरामद गरेको हो ।

सर्लाही सर्लाही कौडेना गाउँपालिका १ लक्ष्मीपुर बस्ने ३० बर्षीय राजेश साहलाई करीब ५ केजी लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका(११ कर्मोहानस्थित सडकमा प्रहरीले ना २० प ९५८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशले झोलाभित्र लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.