ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० मंसिर १३ गते बुधबार, ई.सं.२०२३ नोभेम्बर २९, तिथि- मार्ग कृष्णपक्ष द्वितीया, मृगशिरा- नक्षत्र, साध्य- योग, गर- करण, चन्द्रराशि- मिथुन, सूर्योदय : ६ः३६, सूर्यास्त १७ः०६ ।
मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
सिह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कन्या : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
तुला : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
वृश्चिक : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
धनु : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।
मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
(हिमालय टाइम्सबाट)