बोल्ने अधिकार हनन भएकाले मुखमा टेप लगाएँ : महामन्त्री ढकाल

| 2024 Jul 03 | 11:53 am 397

काठमाडौँ १९ असार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा लाइभ नगरिएकाले आफू मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित भएको स्पष्टीकरण दिएका छन्।

ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्। उनले आफ्नो बोल्न पाउने अधिकार हनन भएकाले त्यसो गरेको उल्लेख गरेका छन्। बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु उनले भनेका छन् ।

उक्त प्रतिवेदनपछि पार्टीभित्रैबाट आलोचना खेपीरहेका ढकालले आफ्नो प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समिति बैठक लाइभ हुनुपर्ने माग राखेका थिए। तर, पार्टीले भने उनको अडान स्वीकार गरेन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.