जनकपुर, भदौ २: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई गर्न जनकपुर पुगेका छन्। प्रधानमन्त्रीले प्रदेश २ को संसद्लार्इ सम्बोधन गर्ने विषयलार्इ लिएर सत्तारुढ दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच विवाद शुरु भएको छ।
सम्बोधनको विषयलाई लिएर प्रदेश २ का राजपा सांसद उपेन्द्र महतोले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिमाथि छलफल गरिएको छ।जनकपुरमा शनिबार हुने प्रधानमन्त्रीको सम्बोधनबारे महतोले विवादस्पद अभिव्यक्ति दिएपछि सभामुख कक्षमा यस विषयमा छलफल भएको हो ।
शनिबार बिहान प्रधानमनत्री पुगे लगत्तै सांसद महतोलाई संसद सचिवालयका अधिकारीले सभामुखको कक्षमा बोलाएर छलफलका लागि बोलाएका थिए।
महतोले सामाजिक सञ्जालमा ओलीको जनकपुर आगमन मधेस विरोधी भन्दै खुल्ला पत्र लेखेका थिए।
राजपाका २ सांसदले ओलीलाई सम्बोधन गर्न दिन नहुने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। प्रदेश २ का उद्योग तथा पर्यटन राज्यमन्त्री राजपा सांसद सुरेश मण्डलले पनि प्रधामन्त्रीको जनकपुर भ्रमण मधेस आन्दोलनको विपरित भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका छन्। राज्यमन्त्री मण्डल सभामा पनि उपस्थित छैनन्। सांसद महतो भने प्रधानमन्त्री उपस्थित सभामै छन्।
नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि प्रधानमन्त्रीसँगै जनकपुर पुगेका छन्। प्रहरीलेओलीको विरोधमा कालो झण्डा देखाइरहेका केहीलाई पक्राउ गरेको छ।