प्रधानमन्त्रीद्वारा ‘घरघरमा पाइपबाट ग्यास’ उद्घाटन

| 2018 Aug 21 | 03:22 pm 2430

विराटनगर, भदौ ५ : प्रधानमन्त्री केपी ओलीले आज मंगलबार घरघरमा पाइपबाट ग्यासको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिकाको जतुवामा पुगेर उनले पाइपबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन्।

अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । तर उनै प्रधानमन्त्री ओलीले भाषणलाई सार्थक बनाउँदै मंगलबार विराटनगरको जतुवामा पाइपबाट घरघरमा लगिएको ग्यासको औपचारिक उद्घाटन गरे ।

जतुवाका ३२ परिवारले गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले खाना पकाइरहेका छन्। विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्‍याइएको हो।

पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ। उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ। यो एलपी ग्यास भन्दा सस्तो हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.