पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सांसदहरुद्वारा माग

रिपोर्ट नेपाल | 2018 Jun 04 | 06:23 pm 1569

काठमाडौं २१ जेठ : सांसदहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद उमा रेग्मीले वर्तमान सरकार गठन भएयता ५ पटक मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाए । ‘समृद्ध नेपाल–‘सुःखी नेपाली’ बनाउने अभियान अघि बढाएको सरकारले मूल्यवृद्धि गरेर के गर्न खोजेको ? उनले भने । सांसद रामबहादुर विष्टले सर्वसाधारणलाई मारमा पार्ने गरी इन्धनमा मूल्यवृद्धि गर्नुको कारण तत्काल सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.