बनि नसक्दै भत्कियो झोलुङ्गे पुल, ३ जना घाइते

| 2018 Jun 05 | 06:33 pm 2864

डोटी २२ जेठ : । डोटीमा नयाँ झोलुङ्गे पुल बनि नसक्दै भत्किएको छ । शिखर नगरपालिका १ र दिपायल सिलगढी नगरपालिका ३ जोड्ने गेरुपानी स्थित नव निर्माणाधिन झोलुङ्गे पुल भत्किएको हो ।

पुल भत्किदाँ पुल निर्माणमा काम गरिरहेका ३ जना घाइते भएका छन् ।घाइते हुनेमा सुनसरी गडि गाउपालिकाको २४ वर्षीय दिलिप कुमार यादव, सोही ठाउका २० वर्षीय युवराज चौधरी र २२ वर्षीय सुकेत ऋषिदेव रहेका छन । घाइते मध्य युवराज चौधरी गम्भीर घाइते भएको हो ।

उनलार्इ नेपालगंज रिफर गरेको जिल्ला इलाका प्रहरी कार्यालय दिपायलको सइ दिल ब।कुँवरले बताए । पुलको टावर खडा गरिसकेको र स्टिल डेग कस्ने काम पनि अन्तिम चरणमा पुगेको थियो । एक्कासि पुल भत्किदा दुइ जना नदिमा खसेका हुन् । घाइते दुई जनाको दिपायल स्थित शैलेश्वरीमा उपचार भइरहेको छ ।

झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको भएता पनि पुलका केवलहरु पुरा मात्रामा नकसिएका कारण असन्तुलन भइ पुल भाचिएको इलाका इन्चार्ज कुँवरले बताए । पुलको ठेक्का काठमाडौँको खम्वाचो सविना निर्माण सेवाको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.