जुम्लामा तारा एयरको विमान दुर्घटना

| 2018 Jun 09 | 04:28 pm 921

चालक दलका सदस्यबाहेक १८ यात्रु बोकेर नेपालगञ्जबाट जुम्ला पुगेको तारा एयरको विमान दुर्घटनामा परेको छ । विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ ।

टायर पञ्चर भएपछि अनियन्त्रित बनेको जहाज छेउको तारजालीमा ठोक्किँदा विमानमा सामान्य क्षति पुगे पनि कुनै अनिष्टकारी घटना नघटेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.