काठमाडौं, भदौ ४ : कमल थापा नेतृत्वका राप्रपाका सबै पदाधिकारी पदमुक्त भएका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सबै पदाधिकारीलाई पदमुक्त गरेको हो ।
संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्न सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
उनका अनुसार विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन संशोधन सहित पारित भएसँगै बैठकले सो निर्णय गरेको हो ।
जसअनुसार पार्टीको महाधिबेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कार्य समिति २७७ सदस्यीय हुने राप्रपाले जनाएको छ ।
