काठमाडौँ १ साउन / नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
नेपाललाई सहयोग गर्न सक्ने फोहोरमैला व्यवस्थापन, नदिनालाको प्रदूषण न्यूनिकरणको क्षेत्रमा पनि सहकार्य गर्न सकिने भारतीय राजदूतले बताए। सो क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमाा पनि निरन्तर सहयोग हुने अपेक्षा गरे।