अरौटे, भरौटे, कुरौटे र पछौटे चाकरीकर्ता हुने कि आफ्नै खुट्टामा उभिएर लोकतन्त्रको कार्यकर्ता हुने ?

| 2018 Dec 22 | 03:39 pm 2695

  • इन्द्र रिजाल 

काठमाडौं । यसअघिका कुनैपनि महासमिति बैठकमा नभएको अस्तव्यस्तता र नेताहरूको अराजक ब्यवहार यसपटकको महासमिति बैठकमा देखापर्‍याे । २०५४ सालमा आयोजित नेपालगञ्ज महासमिति बैठकको बन्दसत्र प्रारम्भ हुन १ घन्टा ढिलो भएकोमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बैठकसमक्ष माफी नमागेको विषयलाई वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) ले व्यंग्यात्मक शैलीमा “बैठक ढिला सुरू भएकोमा मेरो क्षमायाचना सभापति गिरिजाबाबुको पनि क्षमायाचना हो भन्ने तपाईहरू बुझ्नुस्” भनी उनले बोलेको कुरा यतिबेला सम्झिनु उचित छ ।

ती नेताहरू महासमितिको बैठक आफ्नै आशनमा माइक राखेर सञ्चालन गर्दथे । यसपालीको महासमिति बैठक उद्घाटन सत्रभरि सभापति शेरबहादुर देउबा बैठक सञ्चालनका लागि बोलेको सुनिएन । जब उनी बोल्न उठे, तब बोलेको अधिकांश महासमितिले बुझ्न सकेनन् । गत शनिबार सुरू भएको यो महासमितिको बैठक पुस ७ गते शनिबार नै सकिनेछ, तर अरु कुरा यथावत रहेमा ।

पार्टीका कार्यकर्ताले संस्थाको प्रभावकारितालाई ध्यान नदिई नेताहरूका नजरशर्मी हुनु वा आफ्नो भूमिका तय गर्न नसक्नु कार्यकर्ताहरूकै दासत्व र परमुखापेक्षी मनोवृत्तिको द्योतक भएको कारण महासमितिमा नेतृत्वको अकर्मन्यतालाई कार्यकताले दबाब सिर्जना गर्न सकेनन् । कांग्रेस मास पार्टी भनिन्छ । तर महासमितिका निर्णय र जनतालाई महासमितिको सन्देश दिन यसपाली पनि आमसभा गरिने सम्भावना छैन ।

पार्टी विधानमा कार्यसमितिका लागि पदाधिकारी संख्या र उनीहरूको चयन प्रक्रिया (निर्वाचन वा मनोनयन) लाई दुवै पक्षले यति ठूलो मुद्दा र प्रतिष्ठाको विषय बनाउनु कांग्रेसको संस्कारसम्मत र नेतृत्वको कुशलताको होइन बरू नालायकीको द्योतक हो । नेतृत्वको जुन नालायकीले गत तीनै तहका निर्वाचनमा कांग्रेसलाई शर्मनाक पराजय गरायो, त्यही विशेषताका नालायकीको पुनरावृत्तिले गर्दा महासमितिमा गत्यावरोध सिर्जना गरेको हो ।

पार्टीका कार्यकर्ताले संस्थाको प्रभावकारितालाई ध्यान नदिई नेताहरूका नजरशर्मी हुनु वा आफ्नो भूमिका तय गर्न नसक्नु कार्यकर्ताहरूकै दासत्व र परमुखापेक्षी मनोवृत्तिको द्योतक भएको कारण महासमितिमा नेतृत्वको अकर्मन्यतालाई कार्यकताले दबाब सिर्जना गर्न सकेनन् । कांग्रेस मास पार्टी भनिन्छ । तर महासमितिका निर्णय र जनतालाई महासमितिको सन्देश दिन यसपाली पनि आमसभा गरिने सम्भावना छैन ।

कांग्रेसजनमा लोकतान्त्रिक संस्कार र पार्टीगत स्वाभिमानको धुकधुकी तथा एकथोपा तातो रगत थियो भने महासमितिको बैठकमा लोकतन्त्रका नाममा दुनियाँमा कतै नभएको यस्तो बेथिति र निर्णयलाई महासमितिका सदस्यहरूले जमेर विरोध गर्नुपर्ने हो ।

कांग्रेस कार्यकर्ता हुन् कि फगत चाकरीकर्ता, महासमितिको बैठकमै तिनको भूमिकाहिनताले प्रदर्शित गरिसक्यो । संसदीय व्यवस्थाले विकसित गरेको राज्यका तीन अंगको शक्ति पृथकीकरणको नीति, विधि र परिपाटीमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले मरणासन्न हुने गरी प्रहार गर्दा पनि त्यसको सामुन्ने संसदीय ब्यवस्थाको आधारभूत मूल्य र मान्यताको हिमायती शक्ति भनिएको कांग्रेसको ‘शिर्ष नेतृत्व’, सातो गएजस्तो लाचार भयो । कांग्रेसजनमा लोकतान्त्रिक संस्कार र पार्टीगत स्वाभिमानको धुकधुकी तथा एकथोपा तातो रगत थियो भने महासमितिको बैठकमा लोकतन्त्रका नाममा दुनियाँमा कतै नभएको यस्तो बेथिति र निर्णयलाई महासमितिका सदस्यहरूले जमेर विरोध गर्नुपर्ने हो ।

महासमितिमा जनताले भोगिरहेका ज्वलन्त समस्या र कष्टको बारेमा चाईचुई कुरै उठेन । कर आतंकबारे छलफल भएन । सरकार अधिनायकवादी बाटोमा गएको भन्दै रुने नेताहरूले सरकार अधिनायकवादी बाटोमा जाकिएको कुरै उठाएनन् । कांग्रेस यति अस्तब्यस्त र नेताहरू यति अकर्मन्य वा नपुंसक भएको इतिहासमा कहिल्यै थिएन ।

पार्टीको १३ औँ महाधिवेशनले दिएको नेतृत्वको पदावधि अब डेढवर्ष पनि बाँकी छैन, २०७६ चैतमा सकिँदै छ । यस अवधिमा पार्टीले पूर्णता पाउनै सकेन । पार्टीका विभागहरू गठन भएनन् । भातृ संस्थाहरूको अधिवेशन गरिएन । विदेशका सम्पर्क समितिहरूमा उग्र विभाजन, गुटबन्दी र पानी बाराबारको अवस्था छ । हुन त पार्टीमै पनि त्योभन्दा उत्तम अवस्था छैन । जनस्तरमा कांग्रेसप्रतिको आकर्षण यथावत छ, तर नेताहरूको मोर्चाजस्ता गुटबन्दी, आपसमा हानाहान, तानातान र अकर्मन्यताले गर्दा त्यस्ता आकर्षण, जनसमर्थन र महत्वलाई भष्मासुर प्रवृत्तिका कारण सूनको पित्तल बनाउने काम भयो । यसमा पनि यिनै दुई अनुहारलाई जनताले धिक्कारिरहेका छन् ।

कार्यकर्तासमक्ष ठालु पल्टेर ठाडो उर्दी दिने, अत्यन्त सानो चित्त देखाइरहने जस्ता कारणले उनी ‘पोलिटिकल लिडर’ भन्दा पनि ‘पोलिटिकल डिलर’ मात्र भएका छन्, राजनेता वा ब्यावहारिक राजनीतिज्ञ हुनु त परको कुरा ।

२०३६ सालमा बीपी कोइरालाले ‘सुदूरपश्चिमको कमाण्डर शेरबहादुर’ भनेको अवस्थामा आजका पार्टी सभापति देउबा आचरणमा इमानदारीका लागि अतुलनीय युवा नेता मानिन्थ्यो । अविवाहित, अत्यन्त सादा जीवन, सम्पत्ति तथा सत्ताको आशक्तिभन्दा माथि उठेका, बेदाग व्यक्तित्व इत्यादि वैयक्तिक मानवीय गुणबाट सुसज्जित थिए । तर आज ब्यवहारकुशलता, चिन्तन र परिणाममुखी हुने कलामा सभापति देउबा स्खलित, थकित, क्लान्त र कमजोर भएका छन् । जसको अर्थ जमानाले उनलाई किनारा लगाइरहेको छ । किनकि यी कमजोरी उनले नै आफैभित्र विकसित गरेका हुन् । निर्णय गर्ने कार्यमा साह्रै  सुस्त र विचारहिन भएको उनको अकर्मन्यताले देखाइरहेको छ । उनको वर्तमान चालामालालाई हेरेर बीपी कोइरालाको सान्निध्य पाएको नेता भन्न सकिने आधार पनि देखिँदैन ।

कार्यकर्तालाई अगाडि बढाउने, कार्यकर्ताका पीरमर्का बुझ्ने, उनीहरूलाई स्वाभाविक रुपमा वा आकस्मिक रुपमा परिआएको गाँठो फुकाइदिनेजस्ता कार्यमा बरिष्ठ नेता रामचन्द्र पौडेल अत्यन्त कमजोर प्रमाणित भईसकेका छन् । पार्टीभित्र उनलाई एक्लो गुट मानिन्छ, जसलाई अघि लगाएर देउबा विरोधीहरू आ–आफ्नो दुनो सोझ्याउने दाउमा मात्र छन् । कार्यकर्तासमक्ष ठालु पल्टेर ठाडो उर्दी दिने, अत्यन्त सानो चित्त देखाइरहने जस्ता कारणले उनी ‘पोलिटिकल लिडर’ भन्दा पनि ‘पोलिटिकल डिलर’ मात्र भएका छन्, राजनेता वा ब्यावहारिक राजनीतिज्ञ हुनु त परको कुरा ।

धर्म फालेर कांग्रेसले के पायो ?

जुन दिन हिन्दूराज्य फाल्ने काममा कांग्रेस सरिक भयो त्यही दिनदेखि यो पार्टी ओरालो लाग्न थाल्यो । आज जतिसुकै गणतन्त्रवादी हुन खोजेपनि कांग्रेसलाई ‘नक्कली गणतन्त्रवादी’ भनिन्छ । हिन्दूराज्यको एजेण्डा कमल थापा ब्राण्डको राप्रपा जस्तो आवार झुण्डका हातमा पुगेको छ, मानौँ चोरले चोरेको मणि भट्टीमा जाँड साट्ने माध्यम भएको छ । यस्तो धुन्धुकारी चरित्र वरण गरेपछि, पछिल्लो कालखण्डसम्म जीवित कांग्रेसका एकमात्र संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)ले ‘नक्कली कांग्रेस’ भनी यो पार्टी परित्याग गरेका थिए ।

कांग्रेस आफ्नो गन्तब्यमा सफलताको सिँढी चढ्दै यो अवस्थामा आइपुगेको होइन, आफुले तयार गरेका पोशाक र इतिहासले सुशोभित गरिदिएको प्रतिष्ठा र पहिचानका विभूषण तथा अलंकारसमेत त्यागेर नाङ्गो रुपमा आइपुग्यो । यसले २०४८ सालमा सर्वप्रथम आफ्नो प्रजातान्त्रिक समाजवाद त्याग्यो । त्यसपछि संवैधानिक राजतन्त्रको बाटोबाट च्यूत भयो । माओवादीको संगतमा लागेपछि संसदीय प्रजातन्त्रमा पनि सम्झौता ग¥यो । नागरिक अगुवा एवं अर्थशास्त्री डा. देवेन्द्रराज पाण्डेले गत शुक्रबार ‘नयाँ पत्रिका’ मा गरेको टिप्पणी सान्दर्भिक छ, “०४८ उपरान्त समाजवादी भनिएको कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, हामीलाई चोट लागेको त्यहाँ हो । ती उद्योगको निजीकरण गर्ने भनियो, तर भएन । निजीकरण गरेको भए त उद्योग चल्थे ।…….तर यहाँ उद्योग सखाप भए । मैले नै समर्थन गरेका बहुदलवादी नेताले यस्तो काम गरिदिए । म दुःखी छु ।”

धर्मनिरपेक्ष नेपाल भनी घोषणा गर्नुको सबभन्दा ठूलो घाटा पनि कांग्रेसले नै भोगिरहेको छ । कांग्रेस सम्पूर्ण नेपाली नागरिकलाई धार्मिक स्वतन्त्रता दिनुपर्छ भन्ने नीति लिएको पार्टी हो । पार्टी धर्मनिरपेक्ष हुँदा कुनै आपत्ती छैन । किनकि नेपाल हिन्दूराज्य हुँदा कांग्रेसको नीतिमा कुनै प्रतिकूल असर परेको थिएन । तर कांग्रेस षड्यन्त्रकारीको भरिया भएर धर्मनिरपेक्ष नेपालको पक्षमा गयो ।

महासमिति बैठकका सुसंगत र बिसंगत पक्ष

महासमिति बैठकले यस्ता गल्ती, कमजोरी र गद्दारी सच्याउन सक्छ कि सक्दैन ? यो जल्दोबल्दो प्रश्न भएको छ, जसको उत्तर महासमिति बैठकमा खोजिनु उचित हुन्छ भनेर नै हस्ताक्षर अभियानले अधिकांश महासमिति सदस्यहरू हिन्दुराज्य घोषणा हुनुपर्ने पक्षमा देखाएको छ ।
यसअघिका शिर्ष नेताहरूलाई पार्टी भए पुगेको थियो, केही चाहिएको थिएन । आजका नेताहरूलाई सत्ता, सबै कुरा आफैलाई चाहिएको छ ।

देउबा हुन् वा पौडेल, दुवैलाई सत्ता चाहियो र पार्टी पनि चाहियो, तर केवल आफ्नै लागि । राजाको शासनलाई सहयोग पु¥याउने ‘तीन बहादुर’ मा सूर्यबहादुर, लोकेन्द्रबहादुरसँगै शेरबहादुर पनि परेका छन् । देउबाको दुस्साहस र रामचन्द्रको आत्मकेन्द्री स्वार्थको संगम भएको छ पार्टी, जहाँ कर्मठ र इमानदार कार्यकर्ताहरू उकुसमुकुस अनुभव गरिरहेका छन् । अरौटे, भरौटे, कुरौटे र पछौटे ‘कार्यकर्ता’ हरू ढोकाढोका चहारेर ‘मन्थरावृत्ति’ गर्दै आफु ‘खाँटी कांग्रेस’ भएको नौटंकी देखाइरहेका छन् । फलस्वरुप गणतन्त्र कार्यान्वयन गर्ने र संविधानसभाबाट संविधान जारी गर्न कुशल समन्वय तथ नेतृत्व गरेको पार्टीले गत निर्वाचनमा सर्मनाक पराजय भोग्नुपर्‍याे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.