काठमाडौं, भदौ २०: लामो समय देखि रिक्त रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अव प्रमुख आयुक्त पाउने भएको छ । प्राप्त समाचार अनुसार आज बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियारमा प्रमुख आयुक्त सिफारिस गर्ने निर्णय गरेको हो ।
तत्कालिन अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तका लागि संवैधानीक परिषदले सिफारिस गरेको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायधीसमा जस्तै कुनै दुर्घटना नभए घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्ने निश्चित छ ।