डोटी, भदौ १३: रेडियो नेपाल दिपायलमा लामो समयसम्म काम गरेका र हाल रेडियो बुढिनन्द बाजुरामा कार्यरत पत्रकार चार दिनदेखि वेपत्ता भएका छन्।
नेपालपत्रकार महासंघ डोटी शाखाका सदस्य तथा नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष खड्का बाजुराको बुडीनन्दाबाट फर्केने क्रममा उनी वेपत्ता भएको जनाइएको छ।
स्थानीय प्रहरी प्रशासन पत्रकार र आफन्त उनको खोजी कार्यमा जुटेपनि अहिलेसम्म भेटिएका छैनन् । नेपाली सेनालाई खोजिकार्यमा सहयोग गरि दिन बाजुरा सुरक्षा समितिले अनरोध गरेसँगे सेनाको टोली पनि खोजी कार्यमा लागि सकेको छ।
शनिबार दिउँसोदेखि खड्का सम्पर्क विहिन भएका हुन् । नेपाल पत्रकार महासंघ डोटीले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको खोजी कार्यमा सहयोग गर्न आव्हान गरेको छ।