काठमाडौँ, भाद्र ९ : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।
#JusticeforNirmala को प्रयोग गरेर फेसबुक र ट्विटर प्रयोगकर्ताहरुले शनिबार दिउँसो १२ बजे माइतीघर मण्डलामा बलात्कारको विरुद्ध आवाज उठाउन सर्बसाधारणलार्इ अपिलसमेत गरेका छन् ।
साथै बलात्कार र निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर शिल्पी थियटरका कलाकारहरुले नाट्य कला प्रस्तुत गर्ने कार्यक्रम रहेको कलाकार घिमिरे युवराजले जानकारी दिएका छन् ।