बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनु पर्छ : पूर्वकानूनमन्त्री तामाङ

| 2018 Aug 24 | 03:44 pm 2670

काठमाडौं, भदौ ८ : बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले  बताएका छन् । शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनु पर्ने बताएका हुन् ।

बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने भन्दै भने ‘हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्यसैले सरकारले संयुक्त राष्ट्रसंघले यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्‍यो’ उनले भने ‘बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डसम्म जानुपर्छ ।’

कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने उनले बताए । ‘मृत्यु पर्यन्तसम्मको सजायको कानून त बनेको छ तर यस्ता जघन्य अपराधमा त्यो तहसम्मको सजाय गर्नसपर्छ’ तामाङले भने । समाजमा आमाहरुको संरक्षणका लागि पनि यस्तो कानून बनाउनुपर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.