रजनीकान्तको फिल्म हेर्न दक्षिण भारतका कर्मचारीलाई बिदा दिइने

रिपोर्ट नेपाल | 2023 Aug 09 | 07:54 pm 5389

मुम्बइ, साउन २४ । रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू अति नै उत्साहित हुनेछन् ।

थलाइवाको आगामी फिल्म ‘जेलर’ ले मानिसहरुलाई निकै उत्सुक बनाएको छ । यो फिल्म अगस्ट १० मा रिलिज हुन लागेको छ । उक्त दिन फिल्म हेर्नका लागि चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् ।

समाचारका अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १० अगस्तमा कर्मचारीहरुलाई बिदा दिएका छन्। यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई  टिकट पनि निःशुल्क दिइएको छ । रजनीकान्त २ वर्षपछि पर्दामा धमाकेदार एन्ट्री गर्दैछन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् ।

निःशुल्क टिकट दिने सर्कुलरमा लेखिएको छ – ‘रजनीकान्त हाम्रा हजुरबुबा, हाम्रो बुबा, हाम्रो पुस्ता, हाम्रो छोरा र हाम्रो नातिको पुस्ताको एक मात्र सुपरस्टार हुन’ भन्दै कार्यालय बिदासहित कर्मचारीलाई निःशुल्क टिकट पनि काटिदिएको छ ।

आउँदै गरेको फिल्म जेलर रजनीकान्तको १६९ औं फिल्म हो । यही कारणले गर्दा फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो । पछि फिल्मको नाम बदलेर जेलर राखियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.