काठमाडौं, जेठ २६ । विगत लामो समय देखि डेनमार्कमा बस्दै आएकी निलम रानाभाटले २०८० असार १६ गते अर्थात जुलाई १ मा हुने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन ।
सचिव पदकी प्रत्यासी रानाभाटले डेनमार्क बस्दा नेपालमा पनि विभिन्न विपत्तिमा सहयोग गरेकी थिइन । २००९ देखि डेनमार्कमा अनवरत बसोबास गरेकी रानाभाट समाजसेवामा समेत रमाउने महिला हुन । निलमले आफ्नो फेसबुकमा सहयोगका लागि अपिल गर्दै आफूलाई ४२१५३४३३ मा फोन सम्पर्क गर्न आग्रह गरेकी छिन । लामो अनुभव सम्हालेकी निलमको यो उम्मेदवारीलाई डेनमार्क बस्ने नेपालीहरुले स्वभावीक दृष्टिले हेरेका छन् ।