एजेन्सी : कोलेस्ट्रोल रगतमा भएको बोसो ( लिपिड ) को एक प्रकार हो । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । कोलेस्ट्रोल आवश्यकता छ तर रगतमा आवश्यकता भन्दा बढी मात्रामा रहेमा यसले शरीरलाई नराम्रो असर गर्दछ ।
आवश्यकता भन्दा बढी कोलेस्ट्रोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ । यसरी कोलेस्ट्रोलको कारणले धमनी बन्द हुन् गएमा वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने (ऐँठन हुने ) तथा पक्षघातजस्ता समस्या देखापर्न शुरु गर्दछ ।
बेलैमा सावधानी अपनाउन सकिएन भने यसले जटिल अवस्था निम्त्याउन सक्छ । जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुन सक्छ ।
कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् । एलडीएल र एचडीएल । एलडीएल कोलेस्ट्रोललाई नराम्रो मानिन्छ भने एचडीएललाई राम्रो मानिन्छ । किनकि रगतमा एलडीएल कोलेस्ट्रोलको मात्रा बढी छ भने छ भने हृदयघात तथा स्ट्रोकको जोखिम बढी हुन्छ ।
कोलेस्ट्रोलको मात्रा के ले बढाउँछ ?
धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्ट्रोलको मात्रा खानाले , दैनिक शारीरिक अभ्यास वा कसरत नर्गनाले पनि यस्तो समस्या बढ्दै जान्छ ।
तौल बढ्दा शरीरमा भएको राम्रो कोलेस्ट्रोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ । पारिवारिक पृष्ठभूमि- तपाईँको परिवारमा कसैलाई कोलेस्ट्रोल छ भने तपाईँलाई पनि हुने सम्भावना बढी हुन्छ ।
साधरणतया २० वर्षको उमेर पश्चात् नराम्रो कोलेस्ट्रोल बढ्न सक्दछ ।
खराब कोलेस्ट्रोल घटाउने ६ खाना
१. ओखर
ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ। यसले शरीरको सुजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसञ्चार प्रक्रियामा सुधार हुन्छ। ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ।
२. ओलिभ आयल
यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो। यसले पनि शरीरको सुजन कम गर्न सहयोग गर्छ र कोलेस्ट्रोलको लेभल पनि कम गर्छ। यदि मुटुका लागि स्वस्थ कर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्त्वपूर्ण हुन्छ। यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रूपमा पनि खान सकिन्छ।
३. रेडवाइन
मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ। तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्ट्रोल नियन्त्रणमा मद्दत गर्छ भन्ने देखिएको छ। रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ। यसले कोलेस्ट्रोल लेभललाई घटाउँछ। यसका लागि राति एक ग्लास वाइन पिउन सकिन्छ। तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ।
४. सुन्तलाको जुस
सुन्तलाको जुस पनि कोलेस्ट्रोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपर फुड हो। सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ। यो भिटामिन सिको सबैभन्दा राम्रो स्रोत हो। यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपुर मात्रामा पाइन्छ। एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रूपमा पिउनाले कोलेस्ट्रोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ।
५. डार्क चकलेट
डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्ट्रोल नियन्त्रण गर्न सघाऊ पु¥याउँछ। सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्ट्रोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए। यसले असल कोलेस्ट्रोल बढाउन पनि भूमिका खेल्छ। यसका साथै यसले छाला स्वस्थ राख्न मद्दत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसञ्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए।
६. ग्रिन टी
ग्रिन टीमा हुने एन्टिअक्सिडेन्ट तत्त्व कोलेस्ट्रोल घटाउन उपयोगी हुन्छ। अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रिन टी नियमित रूपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्ट्रोलको स्तर निकै कम रहेको पाइएको छ। ग्रिन टाले ५ देखि ६ अंकसम्म कोलेस्ट्रोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।