चितवन कालिकामा मेयरद्वारा खोला दोहन, सम्बन्धीत निकाय मौन

| 2018 Aug 07 | 09:30 am 2089

चितवन, साउन २२: नगरको भलाई गर्दै जनताको सेवासुविधा र विकासका लागि प्रतिबद्ध रहनु पर्ने जनप्रतिनिधि जनतालाई घात गर्दै खोलालाई दोहन गरेर ढुङ्गा गिट्टीको तस्कर गर्छन भन्दा धेरै कोहिलाई यो विषय पत्यार नलाग्न सक्छ ।

तर चितवन जिल्लाको कालिका नगरपालिकाका नगरपिता खुमबहादुर श्रेष्ठ(गोपी) पछिल्लो समय ढुङ्गा गिट्टीको तस्करीमा खुलेयाम लागेका छन् । अन्यत्रका जनप्रतिनिधिले आफ्नो एरियाको दोहनलाई कसरी रोक्ने भनेर चिन्ता र चर्चा गर्ने गर्छन भने कालिका नगरपालिकाका मेयर पाँच बर्ष पछि के हो के भन्दै केहि वडाका वडा अध्यक्षलाई समेत ढुङ्गा गिट्टीको रस स्वादन गराएर तस्करी गरिरहेको पाइएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार गत बर्ष ठेक्का भएको जुटपानी हुदै शक्तिखोर सम्मको ढल सहितको ग्राभेल बाटोको लागि भन्दै मेयर श्रेष्ठले ठेकेदारसँग करोडौं रुपैयाँ लिएर खोला दोहन गरेको प्रमाण प्राप्त भएको छ ।

२४ करोडमा टेन्डर भएको उक्त सडकका ठेकेदारलाई ढुङ्गा गिट्टी र बालुवा दिनका लागि मेयर खुमबहादुर श्रेष्ठले खोलामा ठूलाठूला स्काभेटर प्रयोग गरेका छन् ।

दिन रात स्काभेटर लगाएर टिपर मार्फत ढुङ्गा गिट्टी तस्करी गर्ने मेयरका विषयमा स्थानीयले समेत आवाज उठाउन थालेका छन् । साउन १ गते देखि भदौ १५ सम्म जुनसुकै खोलामा औजार प्रयोग गरेर मात्र नभएर कुनै पनि तरिकाले ढुङ्गा गिट्टी र बालुवा झिक्न नपाइने नियमलाई चुनौती दिदै मेयर श्रेष्ठले इस्काभेटर लगाएर तस्करी गरिरहेका छन् ।

आफूलाई गृहमन्त्री रामबहादुर थापा (बादल) र नेकपाका नेता सुरेन्द्र पाण्डेको समेत नाम बेचेर खास मान्छे भन्दै हिड्ने गरेका छन् । मेयर श्रेष्ठले तस्करीमा आफ्ना पार्टीका प्रभावशाली नेतालाई बदनाम गरेकोमा स्थानीय नेकपाका कार्यकर्ता आक्रोसित बनेका छन् ।

निर्वाचनका समयमा आफूले विगतमा जे जस्ता हर्कत गरे पनि निर्वाचन जितेपछि जनताको भलाई बाहेक अरु केहि नगर्ने भन्दै मत मागेका श्रेष्ठको कुकुरको पुच्छर बर्षौ ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै भनेझै उनको पुराने तस्करी व्यवसाय निरन्तर चलिरहेको छ ।

खोलामा निर्माण भएको पुल भन्दा पाँच सय मिटर तल माथि उत्खनन गर्न नपाइने नियमलाई समेत मेयर श्रेष्ठले धोतीलगाइदिएका छन् । पुलको नजिकै ठूलाठूला मिसिन प्रयोग गरेर उनले आफ्नो धन्दा सुचारु राखेका छन् ।

मेयर हुनु पूर्व सामान्य आएस्रोत भएका श्रेष्ठले मेयर बनिसकेपछि पदिय दुरुपयोग गर्दै तस्करीबाट आर्जन गरेको रकमले एक भव्य महल बनाइ रहेका छन् ।

सधै विवादित व्यक्तिका रुपमा परिचित मेयरले अघिल्लो बर्षको ठेक्का करार समाप्त भएको कयर खोलाबाट ढुङ्गा गिट्टी तस्करी गरिरहदा सम्बन्धीत निकाय मौन रहनुको पछाडी कुनै रहस्य त छैन प्रश्न चिन्ह खडा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.