काठमाडौं, २१ असार : सरकारले डा. गोविन्द केसीको माग र उपचार भन्दा पनि कात्रो पठाउनु पर्ने पक्ष रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । बिहीबार केन्द्रीय पार्टी कार्यालयमा अायाेजना गरेको पत्रकार सम्मेलन बोल्दै शर्माले यस्तो बताएका हुन् ।
शेरबहादुर देउवा सरकारले गरेको नियुक्ति खारेज गरेर सरकारले विधिको शासनको उलंघन गर्नुका साथै प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको टिप्पणी गरेको छन् । ‘ उनले भने प्रश्न व्यक्तिको होइन, विधिको हो । प्रश्न नियुक्ति या नियुक्ति बदरको होइन, प्रश्न यसबारेको स्थापित कानुनी प्रक्रियाको हो । यो सरकार यस प्रकरणमा कानून उलंघन गरेको छ र निर्णय बदनियतपूर्ण छ । यो निर्णयले एकातर्फ विधिलाई उलंघन गरेको छ भने अर्कोतर्फ यो निर्णयमार्फत सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको ठहर हामीले गरेका छौं ।’
माइतीघर मण्डला लगायतका ठाउँमा सभा र प्रदर्शन गर्न निषेध गर्नुलाई सरकारको निरंकुशतातर्फको यात्रा भन्दै कांग्रेसले निषेधाज्ञा फिर्ता नलिए त्यसलाई निरन्तर उलंघन गरिरहने बताएको छ । उनले भने ‘चैतर्फी रूपमा दबाबको सिर्जना गर्न तर्फ लाग्छौँ त्यो क्रममा सांसद, सडक सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रह यी सबै खालका प्रक्रिया अपनाउछाैँ ।’
कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न पनि सरकारलाई आग्रह गरेको छ । सरकारको मुखमा लोकतन्त्रको रामराम र बगलीमा स्टालीनवादको धङधङी रहेको कांग्रेसले उल्लेख गरेको छ । ‘सञ्चार माध्यमहरुमा बढ्दो हस्तक्षेप, ढुंगेल प्रकरण मार्फत न्यायलयको अपमान, संसदमा हलुका जवाफ, सडक प्रर्दशनमा रोक जस्ता व्यवहारबाट सरकारको ‘मुखमा लोकतन्त्रको राम राम बगलिमा स्टालिनवादको धङधङति’ हामीले महसुस गरिरहेका छौं’ प्रवक्ता शर्माले भने ।
अनशनरत डा केसीको मागलाई नेपाली कांगेस सरकारमा हुँदा पनि गम्भीर रुपमार हेरेकाे बताए । उनले भने ‘ काँग्रेस सरकारबाट बाहिर गएर प्रतिपक्षीमा पुगिसकेपछि मात्रै यो विषयलाई गम्भीरताका साथ दिएको होइन । डा केसीको मागलाई सरकारमा हुँदा पनि गम्भीर रूपले हेरेको थियो । डा केसी अनसनमा बस्नु भएको बेला सरकारले संवाद गर्ने एउटा टिम बनायो । उहाँसँगको संवाद सरोकार वालाहरुसँगको छलफ र केदार भतm माथेमाको कार्यदलले दिएको प्रतिवेदनको आधारमा त्यो प्रतिवेदनमा टेकेर सरकारले एउटा विद्येक तय पार्यो सरकार मार्फत त्यसलाई मूर्त रूप दिन नसक्दा सरकार अध्यादेशका रूपमा जारी गर्यो ।
सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले सम्माननिय प्रधानमन्त्रीले आफ्ना नाम प्रधानमन्त्री केपी शर्मा ओली नभएर कमरेड मनोबल बाेली भनेर स्थापित गर्ने चरित्र र व्याबहार प्रस्तुत भएको टिप्पणी समेत गरेका छन् । डा केसीको उपचारका लागि पनि निषेधाज्ञा तोडेर लग्दा यो घटनाले सरकारलाई लज्जा महसुस हुनुपर्ने पनि बताए ।
भिडियोमा हेर्नुहोस्