विकास गर्दा प्राकृतिक संरचनाको दोहन राेकियोस्

सुमित भण्डारी | 2018 May 25 | 03:33 am 3988

कुनै पनि मुलुकमा विकास निमार्ण गर्दा प्रकृतिको विनाश नगरी वर्तमानको आवश्ययकता पुरा गरी भविष्यमा आगामी पुस्ताको आवश्यकतालाई पुरा गर्ने क्षमतामा हानी, असर पुर्‍याउनु हुदैन ।

विकासले पर्यावरणिय एवं सामाजिक परिणामलाई जन्म दिन्छ, जो धेरै खतरनाक हुन्छ । यस्तो विकासले वातावरण जैविक विविधता, प्राकृतिक स्रोत साधन तथा वायुमण्डलिय परिस्थितिमा नैसंर्गिक स्वरुपमा ठुलो क्षति पुर्‍याउछ । प्राकृतिक स्रोत साधनको जथाभावी दोहनले पर्यावरणमा दिर्घकालिन असर गर्छ ।

अनियंत्रित औद्योगिकरणले एउटा पर्यावरणिय जैविक—विविधतालाई नष्ट गर्छ, वनको विनाश गर्छ, अनि दोस्रो तिर विस्थापनको संकट पनि उत्पन्न गर्छ । यस्तो विकासले सामाजिक तथा आर्थिक परिणाम पनि गंम्भिर बनाउँछ । यस किसिमको विकासले समाजमा धनि–गरिबको विचको खाडल अझै फराकिलो हुन्छ । हामी विकास गर्ने क्रममा छौं, कुन मोडलमा जाँदा उपयुक्त हुन्छ ।

सुमित भण्डारी

चीन अहिले ३०% कार्वनडाइअक्साईड उत्सर्जन गरीरहेको छ, त्यस्तै अमेरिका १५%, भारत ६%, रुस ५०%, युरोपियन युनियन ९%, जसले गर्दा ओजन लेयरमा छिद्रा भएर अम्लिय वर्षा हुन्छ र वातावरणमा ठुलो हानी गरीरहेको छ । आफ्नै कुनै एउटा यस्तो विकासको मोडल जुन विश्वका निम्ति उदाहरण होस् । यसका निम्ति देशमा प्रर्याप्त बहस हुनु आवश्यक छ ।

यहि कुराबाट पाठ सिक्दै हामीले दिगो विकासको अवधारणा ल्याउनुपर्छ । दिगो विकास एउटा समग्र अवधारणा हो जो विकासको वहुआयामिक स्वरुपलाई समावेस गर्छ । यो आफ्नो बहुआयामिक अवधारणामा आर्थिक वृद्धिलाई सन्तुलित गर्छ । यसले जीवन, मानविय परिस्थिति र मुल्य तथा प्रकृतिको सन्तुलनमा जोर दिन्छ । दिगो विकास जो आफ्नो समग्रतामा सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक संरचनामा मुलभुत परिवर्तनमा जोड दिन्छ जो वर्तमान समाजको पुनसंरचनाको लागि आवश्यक छ ।

यो यस्तो विकासको अवधारणालाई प्रोत्साहन गर्छ जो वर्तमान तथा भविष्यमा आउने पिँढीको आवश्यकता तथा ईच्छालाई पुरा गर्न सकेमा यस किसिमको विकासको अवधारणाले प्रकृति–मनुष्य र मनुष्य–मनुष्यको विच सृजनात्मक सम्बन्ध तथा दुबैको परस्पर अन्र्तक्रियामा सम्मान तथा सहयोग गर्छ । यस अवधारणा हामीलाई औद्यिगिकरण, शहरीकरण तथा प्रविधिकरण जस्तो कुराहरुमा पुनर्विचार गर्न बाध्य बनाउँछ । यसको अर्थ पछाडि फर्किने होईन बरु वर्तमान जीवन दृष्टि, जीवनस्तर तथा मुल्यलाई प्रकृतिको साथ जोड्नु पर्छ । दिगो विकास गर्ने क्रममा निम्न कुरालाई ध्यान दिन आवश्यक छ ।

प्रकृति तथा मानव विचको नातालाई पुर्नव्याख्या गर्नु आवश्यक छ । मानवतालाई प्रकृति प्रति जिम्मेवारीको प्रत्याभूति गराउनु पर्छ । विकासको विभिन्न साँझदारीको विच परस्पर संवाद तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ । यस्तो उत्पादनको व्यवस्था जो वातावरणलाई एकात्मक तथा पुर्नउत्पादन क्षमतालाई हानी नपु¥याओस् । आर्थिक वृद्धिमा प्रकृतिको पुनःउत्पादन क्षमता एवं संशाधन सिमितताको दृष्टिले पुनः विचार गर्नुपर्छ । विकास गर्ने क्रममा सामाजिक समताको प्राप्ति हुनुपर्छ । जसमा सबै स्तरबाट सबै कुराको विविधताको सम्मान, विकासमा सबै नागरिकलाई साझेदारी तथा प्रकृतिको साथ सौहाद्र एवं शान्तिपूर्ण सहअस्तित्व सामिल गर्नुपर्छ ।

विकास गर्दै जाँदा आर्थिक विकासमा पर्यावरणिय तथा समग्रतामुलक चिन्तन समावेस गर्नुपर्छ । यसले दर्शाउछ कि प्रकृतिको विनाश गरेर गरिने विकास उपयुक्त छैन तथा मानव अस्तित्वको लागि पनि चिन्ताजनक हो । यसकारण प्राकृतिक संशाधनलाई उचित संरक्षण एवं प्रवद्र्धन गर्नमा जोड दिनुपर्छ । विकास गर्ने क्रममा हामीले विकास प्रक्रियाको नीति निर्माणमा सबै मानवलाई यस्तो जीवनस्तर उपलब्ध गराउनु पर्छ जो समानता तथा न्यायमा आधाररित हुन्छ । विकासको यस्तो अवधारणा जो प्रकृतिको पुनः उत्पादन क्षमताको सम्मान गरोस् ।

दिगो विकासको रणनिति

मुलुकमा प्रभावशाली निति— निर्माणका लागि सहभागितामुलक राजनितिक व्यवस्था हुनुपर्छ । आत्मनिर्भर एवं टिकाउ आधारशिलाको टिकाउँ विकास गर्नेखाँलको अर्थव्यवस्था हुनुपर्छ । वातावरणको सम्मान गर्ने, उत्पादन व्यवस्था, व्यापार र आर्थिकको टिकाउ तरिकाको प्रोत्साहित गर्ने खालको अन्तरराष्ट्रिय व्यवस्था, लचिलो र बदलावको इच्छुक प्रशासनिक व्यवस्था, आर्थिक व्यवस्थालाई यस्तो दिशामा मोड्ने जसले गर्दा आम मानिसको आवश्यकताहरु पुरा होस् ।

आम नागरिकहरुको अति आवश्यक आवश्यकताहरु गाँस, कपास, स्वास्थ्य, शिक्षा अनिवार्य रूपले प्राप्त गरुन । उर्जाको नवीन टिकाउ श्रोतहरुको विकास गर्ने जसले वर्तमान सिमित संशाधनमा दवाब कम होस् । निर्णय प्रक्रियामा वातावरण एवं विकासमा एकसाथ विचार गर्नुपर्छ ।

हामीले विकसित भईसकेका र विकसित भईरहेका देशबाट पाठ सिक्नु जरूरी छ । यस किसिमको विकास मोडेलमा जाँदा यसले समृद्ध त बनाउँछ, तर विश्वकै वातावरणमा अतुलनिय क्षति पु¥याउँछ । अतः प्रकृतिको धनि तथा सम्पूर्ण श्रोत साधनले भरिएको नेपाललाई प्राकृतिक रूपले विकास र समृद्धि बनाएर विश्व समक्ष एउटा नमूना प्रस्तुत गर्न सक्छौँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.