जापान निवासी गोविन्द रिजालको नेतृत्वमा कोरोना रोकथामका लागि मास्क सहयोग

रिपोर्ट नेपाल | 2020 Mar 28 | 07:49 pm 1670

गुल्मी, चैत १५ : नेपालको गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा जन्मभई हाल कामको सिलसिलामा जापानमा कार्यरत समाजसेवी तथा रेस्टुरेन्ट व्यवसायी गोविन्द रिजालको नेतृत्वमा मास्क सहयोग गरेका छन् ।

उनका साथै बुद्ध  रायमाझी र अन्य समाजसेवीको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको रोकथामको लागि सहयोग स्वरुप १ हजार ८० थान मास्क सहयोग गरेका हुन् ।

उक्त मास्क सहयोगमा मुसिकोट ६ वडा कार्यलयले २ सय २० थान थप गरी जम्मा १३ सय थान मास्क वडा अध्यक्ष खड्क बहादुर खड्काको समन्वयमा महिला स्व्यमसेविका मार्फत साविकको कुर्घा गाविसको नौ वटै वडामा वितरण गरिएको समाजसेवी गोविन्द रिजालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.