हिन्दी फिल्म नेपालभर चलाउने चलचित्र संघको निर्णय

| 2023 Jun 23 | 03:40 pm 2441

काठमाडौँ, असार ८ । हिन्दी चलचित्र आदिपुरुषमा जानकी भारतमा जन्मिएको भन्ने विवादास्पद संवाद राखिएकोमा नेपाल चलचित्र संघले उक्त फिल्म नचलाउने निर्णय गरेको छ ।

सम्मानित उच्च अदालतले गत विहिवार हिन्दी चलचित्र चलाउनका लागि आदेश दिए पछि न्याय पाएको भन्दै आदिपुरुष चलचित्र बाहेक अन्य हिन्दी  चलचित्रहरु प्रदर्शन गर्ने निर्णय भएको एक विज्ञप्ति जारी गर्दै संघले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हिन्दी चलचित्र प्रदर्शन गर्न रोक लगाए पछि चलचित्र व्यवासीहरु अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.