तनहुँ, माघ १६ः सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १८ बर्षपछी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका वडा नं.३ सोतिपसलका ४० बर्षीय अमृतलाल बि.क रहेका छन् ।
मिति २०६१/०६/१५ गते तनहुँ व्यास नगरपालिका साबिक वडा नं. ५ हाल कायम वडा नं. १० परेवाडाँडा स्थित कच्ची सडकमा लमजुङ सोतिपसलबाट दमौली तर्फ उनले चलाई ल्याउदै गरेको ग १ ख ११०४ नं. को यात्रुवाहक बस अनियन्त्रित भई पल्टिई दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परी तनहुँ साबिक स्याम्घा गा.बि.स. वडा नं. ६ बस्ने बर्ष ४६ की मधुमाया बि.क.समेत गरी जना ४ को घटनास्थलमा नै मृत्यु भएको र अन्य १८ जना यात्रुहरु गम्भिर घाईते भएको सवारी ज्यान मुद्दामा अनुसन्धानको क्रममा दुर्घटना पश्चात हालसम्म फरार रहेका अमृतलाललाई
साेमबार बिहान व्यास नगरपालिका वडा नं. ७ सत्रसय स्थितमा लुकिछिपी बसिरहेको अवस्थामा
फेला पारी पक्राउ गरी आजै तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।